जनकपुरः एमालेका मेयरको उम्मेदवारलाई मनोयन दर्ताकै क्रममा रामधुलाई (भिडियोसहित)
मण्डलबाट मोटो रकम लिएर टिकट दिएको आरोपसहित कुटपिट गरिएको बताइएको छ ।

२०७९ बैशाख १२ सोमबार, राति ९:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लास्थि मेयरका उम्मेदवारलाई मनोयन दर्ताकै क्रममा रामधुलाई गरिएको छ ।
नेकपा एमाले (सूर्य छाप) बाट शहिदनगर नगरपालिकाको लागि मेयरका उम्मेदवार जय प्रकाश सोनरैतलाई उनकै पार्टीका कार्यकर्ताहरुल कुटपिट गरेको हो ।
सोमबार दिउँसो मनोयन दर्ताको लागि निर्वाचन अधिकृतको कार्यालय बाहिर पुग्दा उनलाई कुटपिट गरिएको जनाइएको छ ।
सोनरैतले अन्य एक व्यक्तिलाई वडाध्यक्षको लागि टिकट दिने निर्णय गरेपनि अन्त्यमा निवर्तमान वडाध्यक्ष राम एकवाल मण्डललाई टिकट दिएपछि उनलाई निर्वाचन अधिकृतको कार्यालय बाहिरै कुटपिट गरिएको हो ।
निर्वाचन अधिकृतको कार्यालय बाहिर टिकटको लागि मनोयन दर्ताको क्रममा वडा नं. ६ का निवर्तमान वडाध्यक्ष राम एकवाल मण्डललाई नाम सम्बोधन गरेपछि मेयरका उम्मेदवार सोनरैतलाई कुटपिट गरिएको हो ।
वाचा गरिएका युवकलाई टिकट नदिएपछि उनकै गाउँका सर्वसाधारणहरुले उनलाई कुटपिट गरेको हो । मण्डलबाट मोटो रकम लिएर टिकट दिएको आरोपसहित कुटपिट गरिएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…