गाउँमा डिजेबालासँग महिनबारी असुल्छन धनुषा प्रहरी, गुनासो गर्दा डरको बहाना
धनुषाका प्रहरी प्रमुख बसन्त रजौरे समेत असफल प्रहरी प्रमुखको रुपमा साबित भएका छन् ।

२०७९ बैशाख १२ सोमबार, राति ८:०९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बिहेबारीमा बजाइने चर्को स्वरको डिजे धनुषामा प्रशासनले प्रतिबन्ध गरेको अवस्थामा ग्रामिण क्षेत्रमा प्रहरीहरुले डिजेबालाहरुसँग महिनाबारी उठाउने गरेको खुलेको छ ।
धनुषा प्रशासनले डिजेमा पूर्ण प्रतिबन्धसहित हर्न पूर्ण प्रतिबन्ध गरेपनि घुमुवा प्रहरीले महिनबारी उठाउँदै लाउडस्पीकरबालाहरुलाई भरणपोषण गर्ने गरेको छ ।
बिहेबारी वा पूजाको समयमा बजाइने बाजा राती ९ बजेसम्म मात्र बजाउन पाउने धनुषा प्रहरीले गरेको निर्णयको नै फाईदा उठाउँदै ईलाका प्रहरी कार्यालय खजुरीले बाजाबालाहरुसँग महिनाबारी असुली गरिरहेको पाइएको छ ।
ईलाका प्रहरी कार्यालय खजुरी अन्तर्गत पर्ने प्रहरी चौकी माचि झिटकैयाका नयाँ असईले डिजेबालाहरुसँग महिनबारी तोकेको बताइएको छ ।
नाम नखोल्ने शर्तमा एक डिजे सँचालकले बाजा बजेपनि, नबजेपनि महिनबारी रुपमा प्रहरी चौकीलाई बुझाउनुपरेको बताए । प्रहरीचौकी हुँदै इलाका प्रहरी कार्यालय खजुरीमा सरुवा भई आएका नयाँ ईँन्सपेक्टर (प्रहरी नीरिक्षक) नीरञ्जन घिमिरेले समेत यसप्रति वेवास्ता देखाएका छन् ।
मातहतका प्रहरीहरुले अड्डा हेरी उनीहरुबाट मासिक रकम असुल्दै धनुषा प्रहरीले नै प्रतिबन्ध गरेको चर्को साउण्डको डिजे बजाउन प्रोत्साहन गरेको हो ।
माचि प्रहरीचौकी अन्तर्गत पर्ने कमला नगरपालिकाको वडा नम्बर २, १ र ३ क्षेत्रभित्र रहेको डिजेबालाहरुसँग महिनबारी असुल्ने गरेका छन् ।
बिना दर्ता, बिना ब्लुबुककै सँचालनमा रहेको दर्जनौ डिजे रथ सँचालन गर्न दिने वापत महिनबारी ५ देखि १५ हजारसम्म असुल्ने गरेको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाले स्वयमँ गरेको निर्णय उलँघन र मौकाको फाईदा ग्रामिण भेकका प्रहरी कर्मचारीहरु उठाउने गरेको छ ।
धनुषा प्रहरीकै निर्णय कार्यन्वयन गर्न धनुषाका प्रहरी प्रमुख बसन्त रजौरे समेत असफल प्रहरी प्रमुखको रुपमा साबित भएका छन् ।
एईई दिन परीक्षार्थीहरुलाई डिजे बाजाले रातभरि पढन नदिने वातावरण सृजना गरेको भन्दै गुनासो गर्दा माचि प्रहरी चौकीका असई डि.पि. यादवले अटेरी गर्दै आएका छन् । प्रहरी चौकीमा यादव आएदेखि नै डिजेबालाहरुसँग सेटिँग सुरु गरेको बताइएको छ ।
प्रहरीलाई डिजेको चर्को आवाज र बज्ने अश्लिल गीतहरु बन्द गराइदिनुपर्ने गुनासो गर्दा प्रहरीले आफूलाई डर लागेको प्रतिक्रिया दिने गरेका छन् ।
यसअघि इलाका प्रहरी कार्यालय खजुरीका तत्कालिन ईन्सपेक्टर हिरेन्द्र रोकायाको कार्यकालमा डिजे पूर्ण प्रतिबन्धको लागू गरिएको थियो । उनले मेसिन उठाएर लैजान थालेपछि डिजेबालाहरु छाडा गीत र चर्को आवाज नियन्त्रण भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…