कमला नगरपालिकामा यादव v/s यादव
यता, समाजवादी (एस) अर्थात रामचन्द्र झाको तर्फबाट कुलदेव मोरबैताले उम्मेदवारी दर्ता गराएका छन् भने उनको सँगठन पनि कमजोर मानिन्छ । चुनावको सरगर्मी र चरमोत्कर्षमा काँग्रेस र समाजवादी (एस) ले तालमेल गर्ने सम्भावना पनि उत्तिकै देखिन्छन् ।

२०७९ बैशाख १२ सोमबार, दिउँसो १२:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाको मेयरको लागि जनता समाजवादी पार्टी (जसपा) नेपाले पशुपति यादवालाई लडाउने भएको छ ।
गत चुनावमा भारी मतान्तन्तरले नेपाली काँग्रेसका निवर्तमान मेयर राम उदगार गोईतबाट पराजीत भएका यादवले पुनः मेयर पदमा उम्मेदवारी दर्ता गराउने भएको छ ।
गत चुनावमा पराजीत भएका यादव यसपाली आफू बलियो भएको बताएका छन् । कमला नगरपालिकामा काँग्रेसको सँगठन बलियो मानिन्छ । यसपाली पुरानो मेयरलाई रिप्लेस गरी काँग्रेसले चर्चित नेता विशेश्वर यादवलाई टिकट दिएको छ ।
कमला नगरपालिकामा जनमत पार्टीबाट दिपेन्द्र तेथवार, समाजवादी (एस) बाट कुलदेव मोरबैताले मनोयन दर्ता गराएको छ ।
नगरपालिकाको वडा नं. २, ३, ६, ७, ८ र ९ मा काँग्रेसको बलियो सँगठन र मतदाता रहेका छन् भने जसपाको सँगठन कुनै पनि वडामा तटस्थ देखिदैनन् । वडा नम्बर २ मा केही मतदाता रहेपनि नगरको हिसाबले जसपा कमजोर दलको रुपमा मानिन्छन् ।
यता, समाजवादी (एस) अर्थात रामचन्द्र झाको तर्फबाट कुलदेव मोरबैताले उम्मेदवारी दर्ता गराएका छन् भने उनको सँगठन पनि कमजोर मानिन्छ । चुनावको सरगर्मी र चरमोत्कर्षमा काँग्रेस र समाजवादी (एस) ले तालमेल गर्ने सम्भावना पनि उत्तिकै देखिन्छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…