टिकट वितरणमा विवाद हुँदा मेयरका आकांक्षी पाण्डे यसरी कुटिए
पाण्डे कांग्रेस नेता गणेश लामा पक्षधर मानिन्छन् भने कुन्साङ लामा तीर्थ लामा पक्षका हुन् ।

२०७९ बैशाख ११ आइतबार, राति ९:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्थानीय तहको चुनावको लागि मेयरको लागि टिकट वितरण सम्बन्धी विवाद हुँदा एक आकांक्षी कुटिएका छन् ।
काभ्रे जिल्लाको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा टिकट वितरण सम्बन्धी विवादमा नेपाली कांग्रेसबाट मेयरका दाबेदार रोशन पाण्डे कुटिएका छन् ।
कांग्रेसकै अर्का आकांक्षी कुन्साङ लामाले उनीमाथि कुटपिट गरेका हुन् ।
कुटपिटबाट घाइते पाण्डेको शीर मेमोरियल अस्पताल, बनेपामा उपचार भइरहेको छ । घाइते पाण्डेका अनुसार आइतबार साँझ बनेपा भिलेज रिसोर्टमा गठबन्धनको बैठक बसिरहेको थियो ।
‘उहाँ एक्कासी म भएतिर आउनु भयो, मैले दाइ नमस्ते भन्दै थिएँ, उहाँले केही नभनी मुक्का हान्नुभयो’ पाण्डेले भने, ‘उहाँले हानेपछि सँगै भएका अरुले पनि हातमा जे जे छ, त्यसले हिर्काए ।’
पाण्डेले आफूलाई किन लामाले हिर्काए भन्ने थाहा नभएको बताए । कुटिएका पाण्डेले जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा किटानी जाहेरी दिने तयारी गरेका छन् । अहिले प्रहरी पनि घटनास्थलमा पुगेको छ ।
पाण्डे कांग्रेस नेता गणेश लामा पक्षधर मानिन्छन् भने कुन्साङ लामा तीर्थ लामा पक्षका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…