धनुषा बटेश्वर गाउँपालिका अध्यक्षको लागि युवा नेता राउतले पाए लोसपाको टिकट
गाउँपालिकामा सत्तापक्षलाई निरन्तर खवरदारी र बेतिथिको विरोध जनाउँदै आएका युवा नेता राउतलाई टिकट दिएपछि बटेश्वर गाउँपालिकाले नयाँ नेतृत्व पाउने आस जनताहरुले गरेका छन् ।

२०७९ बैशाख ११ आइतबार, दिउँसो १२:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आउँदो बैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचनको लागि धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षको लागि युवा नेता अजय कुमार राउतले टिकट पाएका छन् ।
लोसपाको आईतबार बसेको बैठकबाट राउतलाई बटेश्वर गाउँपालिकाको अध्यक्षको लागि टिकट दिएको हो ।
सो गाउँपालिकामा विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका राउतलाई कार्य मूल्याँकनको आधार मान्दै गाउँपालिका अध्यक्षको लागि टिकट दिएको हो ।
गाउँपालिकामा सत्तापक्षलाई निरन्तर खवरदारी र बेतिथिको विरोध जनाउँदै आएका युवा नेता राउतलाई टिकट दिएपछि बटेश्वर गाउँपालिकाले नयाँ नेतृत्व पाउने आस जनताहरुले गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…