रहिनन् साँसद एवम् पूर्वराज्यमन्त्री 'डिम्पल झा' !
क्यान्सरबाट पीडित रहेकी साँसद झाले निरन्तर अस्पताल र चिकित्सकको सम्पर्कमा रही उपचार गराउँदै आएकी थिइन् ।

२०७९ बैशाख ११ आइतबार, बिहान ७:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशकी प्रदेश सभा सांसद तथा पूर्व भौतिक पुर्वाधार विकास राज्यमन्त्री डिम्पल झाको आईतबार विहानै अकाल मृत्यू भएको छ ।
क्यान्सरबाट पीडित पूर्वराज्यमन्त्री झाको आज विहान करिब ५ः३० बजेको समयमा मृत्यू भएको उनका स्वकीय सचिव सुजया झाले जानकारी दिए ।
विगत लामो समयदेखि क्यान्सरसँग जुध्दै आएकी मधेश प्रदेशकी साँसद झाको काठमान्डौँस्थित उनको आफ्नै नीजि निवासमा विहान मृत्यू भएको पुष्टि उनका स्वकीय सचिव झाले गरेका छन् ।
क्यान्सरबाट पीडित रहेकी साँसद झाले निरन्तर अस्पताल र चिकित्सकको सम्पर्कमा रही उपचार गराउँदै आएकी थिइन् । आज विहान ५ः३० बजे उनको मृत्यू भएको हो ।
पूर्व राजपा एवम् वर्तमानमा उनी लोकतान्त्रिक समाजवादी पार्टीमा आवद्ध रहँदै आएकी थिइन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…