घरको कम्पाउण्डबाट गाडी चोरेर भागेका राईन पक्राउ
गत चैत्त ३० गते रातीको समयमा साहको कम्पाउण्डमा पार्किँग गरी राखिएको सो मोटरसाईकल बुधबार दिउँसो ४ बजे बरामद गरेको हो ।

२०७९ बैशाख ८ बिहीबार, राति ८:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । घरको कम्पाउण्डमा पार्किँग गरि राखिएको मोटरसाईक चोरी गरी भागेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषा जिल्लाको मुखियापट्टि मुसरनीया गाउँपालिका वडा नम्बर ३ बस्ने राजनेश साहको घरमा कम्पाउण्पडभित्र पार्किँग गरी राखिएको नम्बरको मोटरसाईकल बाटोबाटै बरामद गर्न सफल भएको हो ।
गत चैत्त ३० गते रातीको समयमा साहको कम्पाउण्डमा पार्किँग गरी राखिएको सो मोटरसाईकल बुधबार दिउँसो ४ बजे बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी तुलसियाही धनुषाबाट खटि गएको प्रहरी टोलीले उक्त मोटरसाईकल खोजतलास गर्ने क्रममा बुधबार जिल्ला धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नं. ३ स्थित नै तुलसिया जनकपुर सडक खण्डबाट बरामद गरेको हो ।
सो क्रममा सवारी साधनहरू चेक जाँच गर्ने क्रममा जिल्ला धनुषा मुखियापट्टी मुसहरनिया वडा नम्बर ३ वस्ने वर्ष २७ को जिलानी राईनले चलाई ल्याएका उक्त नम्बरको मोटरसाईकल बरामद गरी जिल्ला प्रहरी कार्यालय धनुषामा लगेर चोरी शिर्षक मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…