CTEVT परीक्षामा अरुको सिटमा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ
साथै नक्कली परीक्षार्थी खडा गर्ने लक्ष्मी नारायण झालाई समेत सोही परीक्षा केन्द्रको वरिपरी घुमिरहेको अवस्थामा पक्राउ गरी दुबैजना उपर शिक्षा ऐन अन्तर्गत म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

२०७९ बैशाख ८ बिहीबार, बेलुकी ७:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा सिटिईभीटीको परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको आरोपमा दुई युवकलाई पक्राउ गरिएको छ ।
धनुषा प्रहरीले जनकपुरधामस्थित सीटिइभीटिको परीक्षा केन्द्रबाट दुईजना नक्कली परिक्षार्थीलाई पक्राउ गरेको हो ।
विहिबार मोनाष्टिक स्कूलमा परेको सीटिइभीटि बोर्डबाट सञ्चालित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिरहँदा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–५ बस्ने २२ वर्षीय रामकृष्ण साह र सर्लाहीको बह्रमपुरी गाउँपालिका वडा नम्बर–२ बस्ने २० वर्षीय लक्ष्मी नारायण झा रहेका छन् ।
नक्कली परीक्षार्थी सहभागि भएको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको मोनाष्टिक आवासीय विद्यालयको परीक्षा केन्द्रमा ‘प्री डिप्लोमा इन सर्भे इन्जिनियरिङ्ग’ को परीक्षामा परिक्षार्थी लक्ष्मी नारायण झाको ठाउँमा रामकृष्ण साहले परीक्षा दिईरहेको अवस्थाबाटै पक्राउ गरिएको थियो ।
साथै नक्कली परीक्षार्थी खडा गर्ने लक्ष्मी नारायण झालाई समेत सोही परीक्षा केन्द्रको वरिपरी घुमिरहेको अवस्थामा पक्राउ गरी दुबैजना उपर शिक्षा ऐन अन्तर्गत म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…