लोभः लोसपा लत्याएर ओलीसँग जानकीराम
जानकीराम लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत थिए ।

२०७९ बैशाख ६ मंगलबार, बिहान ११:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मेयरको लागि तयारी गरेका वडा नं. ७ का वडाध्यक्ष जानकी राम साह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई लत्याएर एमालेमा प्रवेश गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको मेयरको लागि कसरत गर्दै उम्मेदवारी समेत विधिवत घोषणा गरेका वडाध्यक्ष साह एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टिका लगाएर एमाले पसेका हुन् ।
लोसपाबाट जनकपुरधामको नगरप्रमुखका लागि सिफारिश भई सकेको अवस्थामा जानकीराम एमालेमा प्रवेश गरेका हुन् । लोसपाबाट नगरप्रमुख पदमा उम्मेदवारी पाउने सम्भावना कम देखेपछि उनी एमालेमा प्रवेश गरेका हुन् ।
जनकपुरधाममा नगरप्रमुखका लागि एमालेबाट जानकीरामलाई नै नगरप्रमुखको पदका लागि टिकेट दिइने भएपछि मात्रै एमालेमा प्रवेश गरेको श्रोतको दावी छ ।
जानकीराम लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत थिए । लोसपाले मेयरको लागि जानकीरामलाई टिकट दिने नदिने अलमल भएपछि उनी एमालेको शरणमा गएका हुन् ।
मेयरको लागि एमालेबाट शिवशँकर साह हिरा मेयर पदको उम्मेदवार सिफारिस भईसकेको अवस्थामा जानकीरामले मेयरको सिफारिस पाउन कठिन भएको छ । जानकीराम साह लोसपाबाट मेयरको लागि सिफारिस भएका थिए ।
एउटै पार्टीबाट दुई जना उम्मेदवार खडा गर्ने सम्भावना पनि छैनन भने शिवशँकर साह हिरा मेयरको लागि घरदैलो अभियानलाई तीव्रता दिएको खण्डमा जानकीराम एमाले पसेपछि उनलाई पुनः वडाध्यक्षकै टिकट पाउने सम्भावना रहेको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…