मधेश प्रदेशः स्कूलका एक शिक्षकले दुरव्यवहार गरेको भन्दै छात्राहरु पुगिन प्रहरीमा
एक स्थानीयका अनुसार, ती शिक्षकमाथि प्रहरीमा उजुरी गरिसकेको जनाइएको छ ।

२०७९ बैशाख ५ सोमबार, राति ८:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित एक समुदायिक विद्यालयका एक शिक्षकले छात्राहरुमाथि दुरव्यहार गरेको भन्दै प्रहरी चौकी पुगेको घटना बाहिरिएको छ ।
सिरहा जिल्लाको गोलबजार नगरपालिकास्थित रहेको जनता नमुना माध्यमिक विद्यालयमा पढाउने एक शिक्षकले सोही विद्यालयमा पढने आफ्नै छात्रा विद्यार्थीहरुलाई दुरव्यवहार गरेको भन्दै प्रहरी समक्ष गुनासो गरिएको हो ।
कक्षा ९ मा अध्यनरत छात्राले आफू परिक्षा हलमा हुदा शिक्षक (नाम गोप्य) ले आफुलाई 'when u came in this school i like u' भनेर एक कागजमा लेखेर दिएको आरोप लगाउँदै प्रहरी समक्ष पुगेको जनाइएको छ ।
शिक्षकले नै आफ्नै छात्रा विद्यार्थीलाई दोहोरो अर्थको शब्द लेखिएको कागज दिएपछि छात्राहरुले प्रहरी सहित केही शिक्षकहरुसँग समेत गुनासो गरेकी छन् ।
“तपाईं मेरो बुवा जस्तो हुनुहुन्छ, म तपाईंको छोरी जस्तो छु भनेर भनेपनि उहाँले हामी फेन्डस भएर बस्न सकिन्छ नि भनेर जवाफ दिनुभयो ।”– छात्राले आरोप लगाइन् ।

यता, शिक्षकले ती बिद्यार्थीलाई “तिमिले सबैलाई सुनौदै हिडेकी छौ मेरो धेरै इज्जत छ, तिम्रो नि इज्जत छ, सब नाश हुन्छ । कसैलाई भन्यो भने नराम्रो हुन्छ” भन्दै शिक्षकले आफूलाई धम्काएको बताइन् ।
सोही सन्दर्भमा सो विद्यालयका प्रधानाध्यापक भरत साहले छात्राहरुले भने बमोजिम केही नरहको तथा आरोप निराधार रहेको बताए । प्रधानाध्यापक साहले परीक्षा हलमा परीक्षा कडाई गरेपछि ती छात्राहरुले उहाँलाई फँसाउनको लागि मात्र आफ्नो नैतिकताको दुरुपयोग गरेको बताए ।
कसैको उक्साहटमा छात्राहरुले ती शिक्षकलाई फँसाउन मात्र खोजेको प्रधानाध्यापक साहले बताए । उनले आरोप लगाइएको शिक्षक त्यस्तो नरहेको र परीक्षामा कडाई गरेपछि नै यस्तो गरेको गुनासो समेत आफूसँग भएको बताए ।
सोही क्रममा ईलाका प्रहरी कार्यालय गोलबजारले केही छात्राहरु गुनासो लिएर आएको जनाउँदै कुनै प्रकारको लिखित निवेदन नगरिएको जनाएको छ ।
एक स्थानीयका अनुसार, ती शिक्षकमाथि प्रहरीमा उजुरी गरिसकेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…