मधेश प्रदेशः घरमा आगलगी हुँदा जलेर एक बालकको मृत्यू
शत्रुघनको गोठबाट रघुनन्दन यादव र जागेश्वर यादवको घरमा आगो सल्किएको स्थानीयवासीले बताए ।

२०७९ बैशाख २ शुक्रबार, राति ८:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । मधेश प्रदेश सप्तरीको बोदे बर्साइन नगरपालिकामा आज भएको आगलागीमा एक बालकको जलेर मृत्यु भएको छ ।
सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्बर १० अमरैया टोलमा आज अपराह्न आगलागी हुँदा शत्रुघन यादवका पाँच वर्षीय छोरा शैलेश यादवको जलेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । शत्रुघनकै गोठमा आगलागी हुँदा गोठमा सुतिरहेका बालकको मृत्यु भएको हो ।
आगलागीमा शत्रुघन, मिन्टु यादव र ओम यादवको सगोलको गोठ, रघुनन्दन यादवको घर, जागेश्वर यादवको पक्की घरको झ्याल जल्दा १६ लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।
शत्रुघनको गोठबाट रघुनन्दन यादव र जागेश्वर यादवको घरमा आगो सल्किएको स्थानीयवासीले बताए । आगलागीलाई एक घण्टाको प्रयासमा स्थानीय बासिन्दा, नेपाल तथा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…