जनकपुरमा मालपोतका हाकिम ५ लाख रुपैयाँ घुससहित रँगेहात पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको अनुसार झालाई प्रक्रिया पुरा गरी बर्दिवास ल्याउने तयारी गरिएको हो ।

२०७८ चैत २८ सोमबार, बिहान ९:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भूमिसुधार तथा मालपोत कार्यालयका हाकिम जनकपुरमा घुससहित रँगेहात पक्राउ परेका छन् ।
मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले ५ लाख रुपैयाँ घुससहित रँगेहात पक्राउ गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ भानुचोकस्थित रहेको चिया पसलबाट उनलाई अख्तियारले रँगेहात पक्राउ गरेको हो ।
एक सेवाग्राहीबाट जमिन पास गराउने सम्बन्धमा घुस मागेको गोप्य सूचनाको आधारमा बर्दिवासबाट खटिआएको अख्तियारको टोलीले उनलाई रँगेहात पक्राउ गरेको हो ।
भानुचोकस्थित चिया पसलमा सेवाग्राहीलाई ५ लाख रुपैयाँ सहित आउन भनेका थिए । कालो प्लास्टिकमा बेरिएर राखिएको ५ लाख रुपैयाँ सहित उनलाई बिहान करिब ८ः३० बजे पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको अनुसार झालाई प्रक्रिया पुरा गरी बर्दिवास ल्याउने तयारी गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…