दुःखदः भित्र्याउन राखिएको १२ कठ्ठाको गहुँबालीमा अज्ञात व्यक्तिले गरिदिए आगजनी, जलेर ध्वस्त
यता, कमला नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धनेश्वर यादवले घटनाको पुष्टि गर्दै पीडितसँग न्यायको माग गरे । उनले आगो कसले र किन लगाएको बारे प्रहरीले अनुसन्धान थालेको बताए ।

२०७८ चैत २७ आइतबार, बिहान ८:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । घर भित्र्याउनको लागि जम्मा गरी राखिएको गहुँबालीमा आगजनी गरिदिएपछि सबै गहुँ जलेर ध्वस्त भएको छ ।
धनुषाको कमला नगरपालिका वडा नम्बर २ बस्ने झरीया भन्ने झरी यादवको खेतमा पेलाउन राखिएको १२ कठ्ठाको गहुँमा आगजनी गरिदिएको प्रहरी चौकी माचि झिटकैयाले जनाएको छ ।
आईतबार बिहान करिब ३ः३० बजेको समयमा कमला नगरपालिकाको कार्यालयदेखि करिब ७० मिटरको दुरीमा मात्र जम्मा गरी राखिएको गहुँको बोझामा अज्ञात व्यक्तिले आगजनी गरिदिएको प्रहरीले जनाएको छ ।
सालभरि खानको लागि जम्मा पारिएको गहुँको बोझामा नै आगजनी गरिदिएपछि सबै गहुँ जलेर नष्ट भएको छ । त्यहाँस्थित १२ कठ्ठाको खेतमा लगाएको गहुँको सबै बोझा धवस्त भएको हो ।
विहान ३ः३० बजेमा गहुँ पेल्ने एक जनाले प्रहरीमा खवर गरेपछि तत्कालै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीचौकीदेखि पनि करिब ७५ मिटरको दुरीमा खेत रहेको छ ।
बीचमा नगरपालिकाको निर्माणधीन भवनहरु, वडा कार्यालका भवन रहेकोले थाहा पाउन नसकेको प्रहरीले जनाएको छ ।
यता, कमला नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धनेश्वर यादवले घटनाको पुष्टि गर्दै पीडितसँग न्यायको माग गरे । उनले आगो कसले र किन लगाएको बारे प्रहरीले अनुसन्धान थालेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…