मधेश प्रदेशः गोली हानेर एक युवकको हत्या
घटनास्थलबाट बरामद गोलीको खोका हेर्दा पेस्तोलबाट गोली हानेको देखिएको प्रहरी अधिकारीहरु बताउँछन् ।

२०७८ चैत २३ बुधबार, राति १०:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा गोली चलेको छ । गोली लागेर एक युवकको मृत्यु भएको छ ।
बुधबार साँझ ७ः४५ बजेको समयमा मलगंवा नगरपालिका वडा नम्बर ९ मा गोली चलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । प्रहरीका अनुसार उनीमाथि भारतीय नागरिकले नै गोली हानेको हो ।
गोली लागेर घाइते भएका भारत बिसनपुरका अन्दाजी ३५ वर्षका इन्दल कुमारको उपचारका क्रममा मृत्यु भएको हो । उनी आपराधिक पृष्ठभूमिकै रहेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले मृतकको मोवाइल फेला पारेको छ । जसमा उनको हत्या हत्या गर्ने भन्दै धम्कीपूर्ण सन्देशहरु पठाइएका छन् ।
घटनास्थलबाट बरामद गोलीको खोका हेर्दा पेस्तोलबाट गोली हानेको देखिएको प्रहरी अधिकारीहरु बताउँछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…