जनकपुरः गहुँ खेतमा युवकको लास !
एक स्थानीयका अनुसार गाउँमा उनको निजी सम्पति केहि छैन।

२०७८ चैत २३ बुधबार, राति ८:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित गहुँ खेतमा एक युवक मृत अवस्थामा फेला परेको छ ।
धनुषा जिल्लाको हँसुर नगरपालिका वडा नम्बर ७ नौवाखोरस्थित बुधवार (आज) विहान ११ बजे स्थानीय राजकिशोर मंण्डलको गहुँ खेतमा सोही टोलका १८ वर्षीय मनोज महरा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक महराको टाउकोमा प्वाल परेको र पिठ्युँमा नीलडाम परेको छ। कसैले ह त्या गरेर फालेको आशंका छ।
घटनाको अनुसन्धान भैइरहेको छ अनुसन्धानपछि मात्रै सत्यतथ्य पत्ता लाग्ने प्रहरीले बताए। मृतक महराको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।
प्रहरीले अनुुसन्धानको क्रममा एक जनालाई नियन्त्रणमा लिएको छ। मृतक महरा केही दिनअघि मात्रै भारतको मदरासबाट आएका थिए।
एक स्थानीयका अनुसार गाउँमा उनको निजी सम्पति केहि छैन। गाउँकै सर्वजानिक जग्गामा घर बनाइ सपरिवार बस्दै आएका थिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…