हिन्दु सँघका काशीनाथ तिवारी हत्याकाण्डमा प्रभु साहको हात छः रमेश खरेल
देशमा सुशासन भएको भए प्रभु साह जेलमा बस्नु पर्ने व्यक्ति हो ।

२०७८ चैत २२ मंगलबार, बिहान १०:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । नेपाल प्रहरीका तत्कालिन एसएसपी एवम् हाल नेपाल सुशासन पार्टीका केन्द्रीय अध्यक्ष रमेश खरेलले काशिनाथ तिवारीको हत्या काण्डमा प्रभु साहको हात रहेको बताएका छन् ।
रौतहट जिल्लाको मौलापुरमा सुशासन पार्टी जिल्ला समितिद्वारा सोमबार आयोजित सभामा अध्यक्ष खरेलले काशिनाथ तिवारी हत्या काण्डमा प्रभु साहको सँलग्नतालाई बाहिर ल्याए ।
“म तत्कालीन अनुसन्धान अधिकृतको हैसियतबाट बोल्दैछु यदि साँच्चिकै देशमा सुशासन भएको भए प्रभु साह जेलमा बस्नु पर्ने व्यक्ति हो ।”– उनले भने ।
हिन्दू संघ वीरगञ्जको अध्यक्ष काशीनाथ तिवारी हत्याकाण्डमा नेता प्रभु साहको संलग्नता रहेको दोहो¥याउँदै उनले हत्यारा भ्रष्टाचारीलाई सजाय दिलाउन तथा देशमा सुशासन कायम गराउन नेपाल सुशासन पार्टी स्थापना भएको दाबी गरे ।
पूर्व गाविस उपाध्यक्ष सत्यनारायण पटेलको सक्रियतामा भएको सभामा पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजकुमार यादव, केन्द्रीय सदस्य सविता झा, केन्द्रीय सदस्य तथा मौलापुर नगरपालिका मेयर प्रत्याशी आर सि यादव, जिल्ला अध्यक्ष रञ्जित कुमार पटेल सहितका वक्ताहरुले मौलापुर नगरपालिकामा भएको भ्रष्टाचारको छानबिन गरी कडा कारवाही गर्न सम्बन्धित निकाय संग जोडदार रुपमा माग गरेका थिए ।
सो अवसर बिभिन्न पार्टी परित्याग गरी सुशासन पार्टी प्रवेश गर्नेहरुलाई केन्द्रीय अध्यक्ष खरेलले फुलको माला र टिका लगाई पार्टी प्रवेश गराए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…