आजदेखि दैनिक दुई टाईम रेल चल्दै, कुन स्टेशनमा कति बजे ? रेलको समय तालिका हेर्नुहोस्
जनकपुरधामबाट समयसारणी ३० मिनेटको अन्तराल देखाएपनि चाँडै कुर्था स्टेशनमा पुगेर विश्राम गर्ने जनाइएको छ ।

२०७८ चैत २० आइतबार, बिहान ९:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । झण्डै ८ बर्षपछि आजदेखि नियमित चल्ने नेपाल रेल्वे दैनिक दुई पटक ओहोर दोहोर गर्ने भएको छ ।
कुर्थाबाट जयनगर र जयनगरबाट कुर्थासम्म दैनिक दुई पटक यात्रु बोकेर ओहोर दोहोर गर्ने भएको छ । जसको लागि नेपाल रेल्वेले समय तालिका समेत सार्वजनिक गरेको छ ।
जस अनुसार, जनकपुरधाम रेल्वे स्टेशनमा जयनगरबाट बिहान ९ः५० बजे ट्रेन आउनेछ भने मात्र ५ मिनेट होल्ड गरेर ९ः५५ बजे कुर्थाको लागि छुटनेछ । कुर्था १०ः३० बजे पुग्नेछ ।
यस्तै, अपरान्हको समयमा ४ः२० बजे जयनगरबाट जनकपुरधाम स्टेशन पुग्नेछ भने त्यहाँबाट १० मिनेट होल्ड गरी ४ः३० बजे कुर्थाको लागि प्रस्थान गरी कुर्था ५ः०० बजे पुग्ने छ ।
यहाँ बिहान मात्र ५ मिनेटको होल्ड भनिएको छ भने दिउँसो १० मिनेटको होल्ड भनिएको छ । जनकपुरधामबाट समयसारणी ३० मिनेटको अन्तराल देखाएपनि चाँडै कुर्था स्टेशनमा पुगेर विश्राम गर्ने जनाइएको छ ।
सोही क्रममा कुर्थाबाट जयनगर फिर्ता हुँदा बिहानको समयमा ११ बजे कुर्थाबाट जनकपुर आउनेछ भने ५ मिनेट होल्ड गरी ११ः०५ बजे जनकपुरधाम स्टेशनबाट खुल्नेछ । जनकपुरधामबाट पुनः ११ः०५ बजे प्रस्थान गर्ने रेल ११ः२० बजे अर्थात १५ मिनेटमा परवाहा स्टेशन पुग्ने समय तालिकामा उल्लेख छ ।
त्यहाँबाट ११ः३० बजे वैदेही हल्ट पुग्नेछ भने ११ः४३ बजे महिनाथपुर पुग्नेछ । ११ः५४ बजे खजुरी पुग्नेछ भने १२ः०६ बजे ईनरबा पुगेर १२ः४५ बजे जयनगर पुग्नेछ ।
पुनः अर्को ट्रेन साँझ ५ः३० बजे कुर्थाबाट जनकपुरधाम स्टेशन पुगेर मात्र ५ मिनेट होल्ड गरी ५ः३५ मा जनकपुरधाम स्टेशनबाट खुल्नेछ । ५ः५० बजे परवाहा पुग्नेछ भने ठिक ६ः०० बजे बैदेहि पुग्नेछ । त्यहाँबाट ६ः१३ मा महिनापुर पुगी ६ः२४ मा खजुरी स्टेशन पुग्नेछ ।
६ बजेर ३६ मिनेटमा ईनरबा पुग्ने रेल ७ बजेर १९ मिनेटमा भारतको जयनगर पुग्ने तालिकामा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…