ऐतिहासिक दिनः नेपाल रेल्वे आजदेखि सँचालनमा, देउवा र मोदीले गरे उदघाटन
यसपाली विधिवत रुपमा भर्चुअल उदघाटन गरी रेल सँचालनमा आएको हो ।

२०७८ चैत १९ शनिबार, दिउँसो १:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको लागि बहुप्रतिक्षित जयनगर–जनकपुरधाम–कुर्था रेलको आज (शनिबार) विधिवत उदघाटन गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सँयुक्त रुपमा हरियो झण्डा हल्लाउँदै रेलको उदघाटन गरेका हुन् ।
विगत ८ बर्षभन्दा बढीदेखि चल्न नसकेको नेपाल रेल्वे शनिबारदेखि नियमित सँचालनमा आएको छ । त्यसको लागि प्रधानमन्त्री देउवा आज भारतको राजधानी दिल्ली पुगेर उदघाटन गरेका हुन् ।
शुक्रबार नै भारत भ्रमणमा पुगेका प्रधामन्त्री देउवाले शनिबार दिउँसो १२ बजेर ५७ मिनेटमा हरियो झण्डा हल्लाउँदै उदघाटन गरेका हुन् । प्रधानमन्त्री देउवासँगै भारतीय प्रधानमन्त्री मोदीले समेत हरि झण्डी देखाएका छन् ।
नेपालको सन्दर्भमा आज पुनः एक एतिहासिक दिनको रुपमा स्मरण गरिने छ । ब्रोडगेज रेल सँचालनको लागि प्रधानमन्त्री देउवाले रेलको उदघाटन गरी नियमित बनाएका छन् ।
आजदेखि रेल चलेपछि जनकपुरधामवासी र भारतको जयनगरवासीमा खुसियाली छाएको छ । दुवै देशबीच अब यात्रु ओहोरदोहोर सहित व्यापार समेत बढने विश्वास लिईएको छ ।
कैयौँ पटक रेल चल्ने समय तालिका भएपनि फेल हुँदै आएको थियो । यसपाली विधिवत रुपमा भर्चुअल उदघाटन गरी रेल सँचालनमा आएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…