डा. सिके राउतप्रतिको क्रेजः आर्मीको जागिर छाडेर यादव जनमत पार्टीमा प्रवेश
उनले समाजको हकहितका लागि समाजको सेवा, उत्थान, विकासको लागि राजनीतिमा आएको प्रतिक्रिया दिए ।

२०७८ चैत १५ मंगलबार, बेलुकी ६:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउतप्रतिको क्रेज तराई मधेशमा दिनानुदिन बढदै गएको छ । अन्य पार्टीहरुले धोका दिनथालेपछि जनमत पार्टीप्रति युवाहरुको लगाव बढन थालेको छ ।
सोही क्रममा नेपाली सेनाको जागिर छाडेर एक युवक जनमत पार्टीमा प्रवेश गरेका छन् । डा. सिके राउतको भिजन र जनमत पार्टीको आगामी कार्यदिशा देखेर नेपाल आर्मीको जागिर छाडी जनमत पार्टीमा प्रवेश गरेका छन् ।
विगत ६ बर्षदेखि नेपाली सेनामा कार्यरत रहँदै आएका सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ९ बस्ने राम करण यादवले जनमत पार्टीलाई साथ दिने घोषणा गरेका छन् ।
उनले नेपाली सेनामा भर्ती भई आफ्नो देशको रक्षा गर्नुको साथै आफ्नो गाऊँ, समाज लगायत देशको पनि विकास होस भन्ने उदेश्यले जनमत पार्टीमा प्रवेश गरेको बताएका छन् ।
यादवलाई जनमत पार्टीको भिजन, ऐजेन्डा, स्वच्छ छविको भिजनरी उम्मेदवारहरूलाई देखेर उनीहरूले गरेको काम, कार्यहरूलाई मूल्यांकन गरी जनमत पार्टीमा प्रवेश गरेको बताए ।
उनले समाजको हकहितका लागि समाजको सेवा, उत्थान, विकासको लागि राजनीतिमा आएको प्रतिक्रिया दिए ।
विभिन्न राजनीतिक दलहरुले देशलाई कँगालको सँघारमा पुरयाएको तथा वर्तमान समाजलाई खोक्रो राजनीतिले खोक्ला पार्दै गरेको देखेर राजनीति रोजेको बताए ।
रामकरण यादवले आफू कहिल्यै पनि अन्य कुनै पार्टीमा नलागेको प्रतिक्रिया दिए भने आर्मीभित्र विभेद देखेपछि सिके राउतबाटै प्रभावित भएर जागिर छोडेको प्रतिक्रिया दिए ।
आर्मीभित्र विभेद सहनेसम्म सहेपछि डा. सिके राउतबाट प्रभावित भएर दुई बर्ष अगाडी नै जागिरबाट राजीनामा दिएको बताउँदै उनले हाल आएर उनको पार्टीमै औपचारिक रुपमा प्रवेश गरेको बताए ।
उनले भने,–“म आर्मीमा हुँदा पनि सिके राउतको विचारलाई सराहना गर्दैआएको थिए । नश्लिय, रँगभेदी विरुद्धको उहाँको विचारमा म सहमति जनाउँदै आएको थिए । उनैबाट प्रभावित भएर जागिर छाडे, अब औपचारिक रुपमै पार्टीमा लागेको छु ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…