जनकपुरः गाउँपालिका अध्यक्ष राउतको बेतुका काम, चर्को गर्मीमा सिरक बाँडदै !
अध्यक्षको हर्कतले भोँट माग्ने कुन हदसम्म नेताहरु खस्न सक्छ भने प्रष्ट भएको छ ।

२०७८ चैत १५ मंगलबार, दिउँसो २:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको एक जनप्रतिनीधिले चर्को गर्मीमा जनतालाई ओढन सिरक बाँडिरहेको पाईएको छ ।
अहिले तराई–मधेशमा चर्को गर्मी छ। मौसम तात्ने क्रमसँगै मानिसहरु गर्मी छल्ने उपायको खोजीमा रहेको बेला धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्ष डम्बर बहादुर राउतले सिरक वितरणमा व्यस्त देखिएका छन् ।
तराई–मधेशबासीहरु गर्मीसँग जुध्न यति बेला आफ्नो हैसियत अनुसार कुलर, पंखा र एसी जस्ता विद्युतीय सामान धमाधम किनिरहेका छन् भने राउत उल्टै मोटो सिरक वितरणमा व्यस्त देखिएपछि चौतर्फी आलोचना भएको छ ।
एकातिर मौसमी गर्मीको पारो चढ्दैछ भने अर्कातिर चुनावी सरगर्मीले पनि तराई–मधेशलाई तताएको अवस्थामा गाउँपालिका अध्यक्षको हर्कतले भोँट माग्ने कुन हदसम्म नेताहरु खस्न सक्छ भने प्रष्ट भएको छ ।
यी दुवै गर्मीबीच तराई(मधेशकै धनुषामा एउटा अनौठो दृश्य देखिएको छ। मानिसहरु गर्मी छल्ने उपाय खोजीमा जुटेका बेला एकजना गाउँपालिका अध्यक्ष भने जाडो छल्न हिउँदमा चाहिने कम्बल यतिबेला बाँडेर मतदाता फकाउँदैछन्।
मँगलबार गाउँपालिकाले पाँचवटा वडामा ७ सय ५० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ।
यसअघि आठ लाख रुपैयाँ घुसकाण्डमा मुछिएका गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले गर्मीका बेला जाडोमा चाहिने कम्बल बाँडिरहेको स्थानीयले बताएका छन् ।
जाडो महिनामै बाँड्नु पर्ने कम्बल त्यति बेला वितरण गर्न नसक्दा अहिले वितरण गरिको एकजना जनप्रतिनिधिले बताए।
यी गाउँपालिका अध्यक्ष राउत तिनै हुन्, जसले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीको छापापछि १९ चैत २०७७ मा ८ लाख रुपैयाँ घुस सडकमा फ्याँकेर भागेका थिए।
अख्तियारको टोली आएको थाहा पाएपछि अध्यक्ष राउत घुस लिएको रकम फ्याँकेर फरार भएका थिए।
अख्तियारको टोलीले त्यसबेला अध्यक्ष राउत चढ्ने गाडी र चालकलाई नियन्त्रणमा लिएको थियो।
अख्तियारले अध्यक्षको प्र–२– ०२–००१ झ ०००२ नम्बरको सरकारी नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको जानकारी दिएको थियो।
विकास निर्माणका योजनाहरूको कामको भुक्तानी दिन अध्यक्ष राउतले ८ लाख रुपैयाँ कमिसनको रुपमा लिएका थिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…