स्थानीय तह चुनावको लागि ६७६ निर्वाचन अधिकृत तोकियो, मधेश प्रदेशको कुन पालिकामा को ?
सो क्रममा धनुषा जिल्लाको १८ वटै स्थानीय तहको लागि तोकिएको निर्वाचन अधिकृतका नामावली पनि आईसकेको छ । जस अनुसार, धनुषाको औरही गाउँपालिकामा रत्नेश शशि, कमला नगरपालिकामा धर्म अवतार कोईराला, क्षीरेश्वरनाथ नगरपालिकामा विकास बस्नेत, गणेशमान चारनाथ नगरपालिकामा रुपेश कुमार साह, जनकनन्दिनी गाउँपालिकामा ठुलोवाबु दाहाललाई पठाउने भएको छ ।

२०७८ चैत १३ आइतबार, बिहान ९:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ।
आयोगले ६७६ निर्वाचन अधिकृत नियुक्त गरेको हो। २०७९ वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागु हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ।
नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले गोरखापत्रमा आज (आइतबार) प्रकाशित सूचनालाई आधार मानी तोकिएको स्थानमा हुने निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अनिवार्य सहभागी हुन आयोगले निर्देशन समेत दिएको छ।
सो क्रममा धनुषा जिल्लाको १८ वटै स्थानीय तहको लागि तोकिएको निर्वाचन अधिकृतका नामावली पनि आईसकेको छ । जस अनुसार, धनुषाको औरही गाउँपालिकामा रत्नेश शशि, कमला नगरपालिकामा धर्म अवतार कोईराला, क्षीरेश्वरनाथ नगरपालिकामा विकास बस्नेत, गणेशमान चारनाथ नगरपालिकामा रुपेश कुमार साह, जनकनन्दिनी गाउँपालिकामा ठुलोवाबु दाहाललाई पठाउने भएको छ ।
यस्तै, धनुषाधाम नगरपालिकामा चिरञ्जीवी गौत्तम, धनौजी गाउँपालिकामा पोषराज खनाल, नगराईनमा सुदिप कुमार दंगाला, बटेश्वरमा उद्धव ढोडारी, मिथिलामा दिपक धिताल, मिथिलाबिहारीमा राजु पराजुली, मुखियापट्टि मुसरनियाँमा शिवहरी पौडयाल, लक्ष्मीनियाँमा चुडामण्ी फुयाल, सबैलामा बासुदेव पाण्डे, शदिनगरमा विशाल भट्टराई, विदेहमा अनुज भण्डारी र हँसपुरमा कर्णबहादुर राईलाई पठाउने भएको छ ।
मधेश प्रदेशको जिल्लाहरुको पालिकाको निर्वाचन अधिकृतहरुको नामावली हेर्नुहोस् ।
-page-008.jpg)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…