आउँदो चैत्र १९ गते रेलको उदघाटन, अब यात्रु बोकर जयनगर–जनकपुर रेल चल्ने
जानकारी अनुसार, पहिलो ट्रेन जनकपुरधाम स्टेशनदेखि जयनगरको लागि रवाना हुनेछ ।

२०७८ चैत ११ शुक्रबार, बिहान ८:२२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बहुप्रतिक्षित जयनगर–जनकपुर–कुर्था रेल आउँदो चैत्र १९ गते अर्थात २ अप्रिलदेखि यात्रु बोकेर चल्ने लगभग पक्का भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट एकसाथ स्वीच अन गरी रेलको उदघाटन गरिनेछ भने सोही दिनदेखि यात्रुलाई समेत बोकेर रेल सँचालन हुनेछ ।
विगत बर्षदेखि चल्न नसकेको रेल सेवा विगत एक महिनादेखि ड्राई रन अर्थात बिना यात्रुको रेल चल्दै आएको छ । प्रत्येक दिन रेल लिक जाँचको लागि रेल चल्दै आएपनि यात्रु भने ओसार पोसार गरिरहेको छैनन् ।
नेपाल–भारतबीचको रेल सेवा आउँदो २ अप्रिल अर्थात चैत्र १९ गतेदेखि सुरु हुने लगभग पक्कापक्की भएको छ । दुवै देशका प्रधानमन्त्रीले सँयुक्त रुपमा रेलको उदघाटन गरिने जनाईएको छ ।
जनकपुर–जयनगरको करिब ३५ किलोमिटरको रेलखण्ड तयार भईसकेको छ भने १९ गतेदेखि नियमित परिचालन हुने सम्भावना प्रवल रहेको रेल्वेका महाप्रबन्धक निरन्जन झाले जनाए ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै महाप्रबन्धक झाले १९ गतेदेखि रेल सेवा नियमित सुचारु हुने लगभग पक्कापक्की भएको सुनाए । उनले शुक्रबार (आज) छलफलबाट निर्णय हुने बताए ।
भारत सरकारको रेल उपकरण कोकनका अधिकारी एनके वर्माका अनुसार, आउँदो २ अप्रिल (चैत्त १९) गते नेपालको प्रधामन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्ली पुगेर रिमोट कन्ट्रोल थिचेर दुवै देशबीचको रेल सेवाको उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
जानकारी अनुसार, पहिलो ट्रेन जनकपुरधाम स्टेशनदेखि जयनगरको लागि रवाना हुनेछ । दुई स्टेशनको बीचमा दुई ट्रेन दुई पटक ओहोरदोहोर गर्नेछ । विगत ८ बर्षदेखि जयनगर जनकपुर रेल सेवा ठप्प रहेको छ ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुसार जयनगरबाट बर्दिवाससम्म तीन चरणमा रेल परिचालन सुरु हुनेछ । अहिले पहिलो चरणको काम मात्र सम्पन्न भएको छ । त्यही दोस्रो चरणको कुर्थादेखि बिजलपुरासम्म र तेस्रो चरण बिजलपुरादेखि बर्दिवाससम्म रेल परिचालनको प्रारम्भ हुनेछ ।
रेल सँचालनमा आएपछि दुई देशबीचको नागरिक केही समयमा ओहोरदोहोर गर्न सक्नेछ भने व्यापारिक गतिविधिमा समेत बढोत्तरी हुने छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…