मधेशको महाकुम्भ परिक्रमाको धार्मिक लस्कर आज औरहीमा
भारत बिहारको कल्याणेश्वर स्थानबाट संकल्प सहित प्रारम्भ हुने परिक्रमा यात्रा पहिलो दिन फुलहर ,दोस्रो दिन महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कंचनवन तथा धनुषाको पर्वता, धनुषाधाम, सतोषर हुँदै सोमबार औरही पुग्ने भएको हो ।

२०७८ फागुन ३० सोमबार, बिहान ८:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमाको धार्मिक लस्कर आज धनुषा जिल्लाको औरही प्रस्थान गरेको छ ।
आईतबार धनुषाको ऐतिहासिक स्थल मानिने सप्तपोखर (सतोषर) मा विश्राम गरेको धार्मिक लस्कर केही किलोमिटरको दुरीमा रहेको धनुषाको औरहीमा सोमबार विश्राम गर्ने भएको छ ।
धनुषाको मिथिलाविहारी नगरपालिका–८ कचुरीमा रहेको मिथिलाविहारी मन्दिर तथा जनकपुरधाममा रहेको सुन्दर सदनबाट मिथिला विहारी तथा किशोरीजीको डोलाको नेतृत्वमा प्रारम्भ हुने १५ दिवसीय यात्रा जनकपुरधामको वरिपरिका विभिन्न धार्मिक स्थलहरुमा विश्राम गर्ने गरेका छन् ।
भारत बिहारको कल्याणेश्वर स्थानबाट संकल्प सहित प्रारम्भ हुने परिक्रमा यात्रा पहिलो दिन फुलहर ,दोस्रो दिन महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कंचनवन तथा धनुषाको पर्वता, धनुषाधाम, सतोषर हुँदै सोमबार औरही पुग्ने भएको हो ।
त्यस पछि पुनः भारतको करुणा, विसौल र कल्याणेश्वर हुँदै फागु पूर्णिमाको पूर्व सन्ध्यामा पुनः जनकपुरधाम फर्केर अन्तर गृह परिक्रमा गरी विधिवत् रुपमा सम्पन्न हुने छ ।
मिथिला मध्यमा परिक्रमामा नेपाल र भारतका सयौं यात्रीहरु घरबाटै भोजन र आवासको व्यवस्था सहित सहभागी हुने गरेका छन् । यात्रामा सहभागी हुँदा मोक्षको प्राप्ति हुने जनविश्वास रहिआएको छ ।
औरहीमा नटुवा नाच नचाउने परम्परा छ । सन्तान प्राप्तीको लागि समृद्धिको लागि श्रद्धालुहरुले भाकल गरेपछि आँचलमा नटुवा नचाउनेहरु श्रद्धालुको सँख्या अधिक हुन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…