डेढ बर्षिय बच्चालाई बलात्कारपछि हत्या
यस्तै योनिमा केही रगत जस्तो देखिने पदार्थ आएको थियो ।

२०७८ फागुन २९ आइतबार, राति ८:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । एक डेढ बर्षिय बालिकालाई बलात्कारपछि हत्या गरिएको घटना बाहिर आएको छ ।
प्रदेश नं १ स्थित मोरङमा डेढ बर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी रहेको मोरङ प्रहरीले जनाएको छ ।
मोरङको बेलबारी वडा नम्बर ८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारूङका अनुसार अभियुक्तहरूले फागुन २७ गते घरबाट बच्चालाई चोरेर सुन्दरहरैचा नगरपालिका वडा नम्बर ७ स्थित गणेशपुरको वनमारा र बयरघारीमा लगेर बला त्कार गरेको खुलेको छ । घटनास्थल बालिकाको घरदेखि १५० मिटर उत्तर पश्चिम दिशामा रहेको छ ।
बालिका एकाएक हराएपछि खोजी गर्ने क्रममा परिवारले गम्भीर अवस्थामा बच्चालाई फेला पारेर उपचारका लागि नोबेल अस्पताल विराटनगर लगेकामा २८ गते मृत्यु भएको थियो ।
प्रहरीका अनुसार घटनास्थलबाट बालिकाको सुरुवाल खुल्लै थियो भने टाउकोको दायाँ बायाँ सुन्निएको थियो । यस्तै योनिमा केही रगत जस्तो देखिने पदार्थ आएको थियो ।
फागुन २७ गते दिउँसो अन्दाजी ३ बजेको समयमा अजय चौधरी गछिया खोलामा बालुवा चाल्दै थिए । सोही क्रममा उनका दाइ मिथुन भेट भएपछि उनीहरुले केरा बगानमा गई गाँजा खाएका थिए ।
गाँजा खाई सकेपछि नशाको सुरमा अजय चौधरीले पहिला पनि बच्चालाई घरमा एक्लै देख्ने गरेको हुँदा त्यो बच्चा ल्याउँछु भनेर हिँडेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…