जसपा छाडेर ओलीसँग जाँदै वीरगँजका मेयर विजय सरावगी
नेकपा एमालेका जिल्ला अध्यक्ष एवम् इन्चार्ज प्रभु हजराले समेत मेयर सरावगी पार्टी प्रवेश गर्न लागेको पुष्टि गरेका छन् ।

२०७८ फागुन २६ बिहीबार, दिउँसो ३:३८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख ९मेयर० विजयकुमार सरावगी नेकपा एमालेमा प्रवेश गर्न लागेका छन् ।
स्रोतका अनुसार मेयर सरावगी केही दिन भित्रै जनता समाजवादी ९जसपा० पार्टी त्यागेर नेकपा एमाले प्रवेश गर्न लागेका हुन् ।
जसपा त्यागेर नेकपा एमाले प्रवेश गर्ने विषयमा सरावगीले एमालेका अध्यक्ष केपि शर्मा ओलीसँग छलफलसमेत गरेको बुझिएको छ ।
मंगलबार सरावगीले ओलीसँग काठमाडौँमा भेट गरेर पार्टी प्रवेश र आगामी स्थानीय तहको निर्वाचनमा एमालेबाट लड्ने विषयमा छलफल गरेको स्रोतको दावी छ । सरावगी हाल जसपाको केन्द्रीय सदस्य छन् ।
मेयर सरावगीले पनि पार्टी जसपा त्यागेर अर्को पार्टी प्रवेश गर्न लागेको स्थानीय पत्रिका यात्राडेलीको खवर अनुसार स्वीकार गरेको उल्लेख छ ।
नेकपा एमालेका जिल्ला अध्यक्ष एवम् इन्चार्ज प्रभु हजराले समेत मेयर सरावगी पार्टी प्रवेश गर्न लागेको पुष्टि गरेका छन् ।
हजराका अनुसार बारा जिल्लामा एमाले अध्यक्ष केपी ओलीको उपस्थितिमा फागुन २८ गते हुने कार्यक्रममा सरावगीलाई पार्टीमा स्वागत गरिने तयारी रहेको छ । त्यसपश्चात चैत ८ गते वीरगञ्जमा पुनः केपी ओलीकै उपस्थितिमा हुने पार्टी प्रवेश कार्यक्रममा उनले एमाले प्रवेश गर्ने सहमति भएको हजराले यात्राडेलीलाई बताए ।
तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित मेयर सरावगी यसअघि नेपाली काङ्ग्रेसमा प्रवेश गरेर वीरगञ्जको मयेर लड्ने चर्चा चलेपनि भर्खरै सम्पन्न काङ्ग्रेसको १४ औँ अधिवेशनमा संस्थापन पक्ष विजयी भएपछि उनको काङ्ग्रेस प्रवेश गर्ने बाटो बन्द भएको हो ।
सरावगी काङ्ग्रेसको संस्थापन इतर पक्षसँग पार्टी प्रवेश गर्ने बारे छलफलमा थिए । तर, संस्थापन पक्षबाट निर्वाचित जिल्ला सभापति जनार्दन सिंह क्षेत्र सरावगीलाई काङ्ग्रेसबाट टिकट नदिने पक्षमा उभिएको स्रोतको भनाई छ । त्यसैगरी काङ्ग्रेस पर्साका अन्य प्रभावशाली नेता पनि सरावगीलाई काङ्ग्रेसमा ल्याउने पक्षमा छैनन् ।
जसपामा स्थानीय नेता र कार्यकर्ताहरुले असहयोग गरेको कारण सरावगीले यस पटक अन्य पार्टीबाट स्थानीय तहको निर्वाचन नलड्ने सोच बनाएको बुझिएको हो । समय(समयमा उनले यो कुरा सार्वाजनिक रुपमै भन्ने गरेका छन् ।
यता, टिकट पाउने आश्वासनमा वीरगञ्ज महानगरपालिकाको मेयरका अर्का प्रत्यासी राजेशमान सिंह यसअघि नै लोकतान्त्री समाजवादी पार्टी (लोसपा) परित्याग गर्दै एमाले प्रवेश गरिसकेका छन् ।
सरावगी पनि एमाले गएपछि नगरप्रमुखको टिकट कसले पाउने भन्ने कुरा हेर्न बाँकी नै छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…