नेपाली काँग्रेसको सिरहा सभापतिमा यादव दोस्रो पटक विजयी
खसेको मतमध्ये कुल १५९ मत बदर भएको निर्वाचन अधिकृतले जनाएको छ । सोसँगै रामचन्द्र यादव ५३९ मत अधिक ल्याएर विजयी भएको हो ।

२०७८ फागुन २४ मंगलबार, दिउँसो ३:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाली काँग्रेसको जारी १४ औँ महाधिवेशनको क्रममा सिरहा सभापतिमा पुनः रामचन्द्र यादव विजयी भएका छन् ।
सोमबार सम्पन्न मतदान प्रक्रियाको मतगणना मँगलबार सम्पन्न भएपछि सभापतिको लागि रामचन्द्र यादव ५३९ मतले विजयी भएका छन् ।
सभापतिकै लागि उम्मेदवारी दिएका राम सुन्दर चौधरी भने पराजित भएका छन् । सिरहामा चर्चित नेताको रुपमा रहेका रामचन्द्र यादवले जिल्ला नेतृत्वको लागि अधिक मत ल्याएर विजयी भएका हुन् ।
सोमबार भएको निर्वाचन प्रक्रिया अन्तर्गत भएको मतदानको क्रममा कुल २४७३ मत खसेको मध्ये रामचन्द्र यादवले कुल १४२६ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी रामसुन्दर चौधरीले ८८८ मत प्राप्त गरेका छन् ।
खसेको मतमध्ये कुल १५९ मत बदर भएको निर्वाचन अधिकृतले जनाएको छ । सोसँगै रामचन्द्र यादव ५३९ मत अधिक ल्याएर विजयी भएको हो ।
सभापतिको लागि रामचन्द्र यादवको प्यानल पहिलेदेखि नै सक्रिय रहेका थिए । रामचन्द्र यादवको लागि सँगठनमा लविँग बढेपछि उनलाई सभापतिमा अधिक मत प्राप्त भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…