सिरहामा एक युवकको लास !
यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको र मृतकको शव पोस्मार्टमको लागि जिल्ला अस्पताल सिरहा पठाइएको प्रहरीले जनाएको छ ।

२०७८ फागुन २२ आइतबार, बेलुकी ६:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित एक युवकको लास फेला परेको छ ।
सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ स्थित दलित बस्तीका बिरेन्द्र महराको छोरा अन्दाजी वर्ष १५ को रमेश कुमार महराको शव मृत अवस्थामा फेला परेको हो ।
बिष्णुपुर बजार स्थित एक घरको पछाडि खेतमा बिहान ६ बजे तिर स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । खबर पाउने बितिकै घटना स्थलमा ईलाका प्रहरी कार्यलय बिष्णुपुरका प्रहरीहरु पुगेको थियो ।
यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको र मृतकको शव पोस्मार्टमको लागि जिल्ला अस्पताल सिरहा पठाइएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…