ट्रिपरले ठक्कर दिँदा एक जनाको मृत्यू, एक गम्भिर
यता, ट्रिपर चालकको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

२०७८ फागुन २२ आइतबार, बेलुकी ६:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहाजिल्लास्थित ट्रिपरले ठक्कर दिँदा मोटरसाईकलमा सवार एक जनाको मृत्यू भएको छ ।
सोही घटनामा एक जनाको अवस्था गम्भिर भएको छ । सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाको वडा नम्बर ३ र २ जोडने घुर्मी पुलमा भएको दुर्घटनामा एक जनाको मृत्यू र अन्य एक गम्भिर भएका छन् ।
आईतबार दिउँसो करिब १ बजेको समयमा घुर्मी पुलमा ना ३ ख ८५७० नम्बको ट्रिपरले यामाहाको ग्लाडिएर स ३ प १९११ नम्बरको मोटरसाईकलमा सवार कल्याणपुर नगरपालिका वडा नम्बर ५ बस्ने असिलाल मुखियाको छोरा राम प्रगास मुखियाको मृत्यू भएको छ ।
दुर्घटनापछि मुखियाको कम्मर र पेट फुटेर आन्द्रा बाहिर आएको अवस्थामा प्रहरीले उपचारको लागि सिरहाको आरके मेडिसिटी अस्पतालमा लगेको थियो । उनको केही बेरमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाईकलमा सवार धनुषा जिल्लाको कमला नगरपालिका वडा नम्बर ४ साघारा बस्ने रुपेश यादवको अवस्था गम्भिर रहेको छ । उनको अहिले सोही अस्पतालमा उपचार भइरहेको छ ।
ट्रिपरले मोटरसाईकललाई पछाडीबाट ठक्कर दिँदा मुखियाको मृत्यू भएको हो । ठक्कर दिएपछि ट्रिपर चालक ट्रिपर छाडेर फरार भएको छ ।
जानकारी अनुसार, ठक्कर दिएपछि मुखियाको शरिरको भाग क्षतविक्षत भएको अवस्थामा पाइएको थियो । कम्मरमाथि र पेट तलको भागको पूर्ण रुपमा क्षतविक्षत भएको थियो ।
यता, ट्रिपर चालकको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…