सोमनी देवी घर बनाऊ अभियानः घरमै पुगेर खाद्यान्न समाग्री प्रदान
अन्सारीले सोमनी देवी महराको घर बनाउने अभियानमा युवाहरुलाई सहयोग गर्न अपिल समेत गरेका छन् ।

२०७८ फागुन १७ मंगलबार, राति ९:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकास्थित अति विपन्न एकल महिलालाई खाद्यान्न समाग्री प्रदान गरिएको छ ।
कमला नगरपालिका वडा नम्बर ६ सखुवा मडानस्थित बस्ने सोमनी देवी महरालाई खाद्यान्न समाग्री प्रदान गरिएको छ । एकल महिला भएकोले अति विपन्नताबाट जुधिरहेकी सोमनीको घर बनाउनको लागि स्थानीय जागरुक युवाहरुले अभियान थालेको छ ।
सोही क्रममा दैनिक गुजारा सहज बनाउनको लागि जनता समाजवादी पार्टीका ईसराफिल अन्सारीको पहलमा सोमनी देवीलाई चामल, दाल, तेल, तरकारी, नुन लगायतका खाद्यान्न समाग्री सहयोग गरिएको हो ।
स्थानीय युवाहरुले चँदा लगाएर सोमनी देवीको लागि ५० किलो चामल, ५ किलो दाल, ५ किलो चना, ५ किलो आलु, ५ किलो प्याज, ५ वटा नुहाउने साबुन, ५ वटा लुगा धुने साबुन, २ किलो सोयाबिन, २ लिटर खाने तेल लगायत मशालाहरु सहयोग गरिएको छ ।
श्रीमान बितिसकेको र रहेको एक छोराको समेत अतोपतो नरहेको अवस्थामा उनी एक्लै अरुमा काम गरी गुजारा गरिरहेकी छिन् । स्थानीय युवाहरुले उनको घर बनाउने निधो गरेका छन् ।
अन्सारीले सोमनी देवी महराको घर बनाउने अभियानमा युवाहरुलाई सहयोग गर्न अपिल समेत गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…