नेपाल-भारत बोर्डर दुई दिनसम्म बन्द रहने
टाढाबाट नियमित रुपमा नेपाल आउने यात्रु भित्रिन सक्नेछन्, निर्वाचन अवधिमा इमर्जेन्सी उपचारका लागि जानुपरे सीमामा रहेका नेपाली सुरक्षा इन्चार्ज मार्फत सीमावर्ती सुरक्षा इन्चार्जसँग समन्वय गरी जान सकिने प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए ।

२०७८ फागुन १७ मंगलबार, राति ८:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल–भारतको खुल्ला बोर्डर दुई दिनसम्म बन्द रहने भएको छ ।
भारतको उत्तर प्रदेश सिद्धार्थनगर जिल्लामा हुने विधान सभा निर्वाचनका लागि नेपालसँग जोडिएको कपिलवस्तु सीमा नाका २ दिनका लागि बन्द गर्ने निर्णय भएको छ।
कृष्णनगर, मार्यादपुर चाकलचौडा लगायत सीमा नाका फागुन १७ गते मङ्गलवारदेखि फागुन १९ गते बिहीबारसम्म बन्द हुने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
निर्वाचनको ४८ घण्टा पूर्व फागुन १७ गते बेलुकी ६ बजेपछि सुरक्षाका लागि नेपाल आवतजावत गर्न बन्द गरिने प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेयले बताए ।
टाढाबाट नियमित रुपमा नेपाल आउने यात्रु भित्रिन सक्नेछन्, निर्वाचन अवधिमा इमर्जेन्सी उपचारका लागि जानुपरे सीमामा रहेका नेपाली सुरक्षा इन्चार्ज मार्फत सीमावर्ती सुरक्षा इन्चार्जसँग समन्वय गरी जान सकिने प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…