जनकपुरः अचेत अवस्थामा नालामा भेटिएका युवकको उद्धार
उनी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वर बस स्टैण्ड नजिक डेरा लिएर बस्दै आएको बताइएको छ ।

२०७८ फागुन १६ सोमबार, राति ८:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित नालामा अचेत अवस्थामा भेटिएका एक युवकको प्रहरीले उद्धार गरेको छ ।
धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका वा नम्बर १ स्थित तत्कालै नाम र वतन नखुलेको एक युवक नालामा अचेत अवस्थामा भेटाएको खवर पाएपछि प्रहरीले उद्धार गर्न पुगेको थियो ।
तत्कालै वडा प्रहरी कार्यालय मुजेलियाबाट खटेको प्रहरी टोलीले सोमबार (आज) विहान करिब ७ बजेको समयमा घटनास्थल पुगेर उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरमा उपचारको लागी ल्याएको हो ।
अनुसन्धानको क्रममा युवक धनुषा जिल्लाको हँसपुर नगरपालिका वडा नम्ब ४ तिसियाहीका बासिन्दा रहेको बुझिाएको छ । उनी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वर बस स्टैण्ड नजिक डेरा लिएर बस्दै आएको बताइएको छ ।
तिसियाहीका हलखोरी मण्डलको अन्दाजी बर्ष २० को देपेन्द्र मण्डल रहेको भन्ने खुल्न आएको तथा उनलाई आजै उनको बुवालाई सम्पर्कमा ल्याएर जिम्मा लगाइ पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…