जनप्रतिनीधिले बाटो नबनाइदिएपछि जनमतका नेताले आफैँ बनाए सडक
विद्यार्थी जनमत धनुषाका कोषाध्यक्ष समेत रहेका युवा नेता यादवले विद्यालयमा अनुगमन गर्न गएपछि सो विद्यालय अध्यनरत विद्यार्थीहरुले समस्या उठाएपछि बाटो मर्मत गराउनको लागि काम सुरु गरेको हो ।

२०७८ फागुन १६ सोमबार, बिहान ७:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लास्थित जनमत पार्टीका एक युवा नेताले आफ्नै खर्चमा आफ्नो गाउँको बाटो बनाएका छन् ।
धनुषा जिल्लाको शहिदनगर नगरपालिकाको वडा नम्बर १ र २ को बीचमा रहेको एक जीर्ण सडकलाई जनमतका युवा नेता बीरेन्द्र यादवले आफ्नो व्यक्तिगत खर्चमा बाटो बनाएर उदाहरण पेश गरेका छन् ।
त्यहाँस्थित राष्ट्रिय प्राथमिक विद्यालय सुन्दरपुर चिरैयाको अगाडिमा एक वर्षदेखि सडकमा आवतजावत गर्नमा विद्यार्थीहरुलाई निकै कठिनाइ भोगिरहेको अवस्थामा उनले आफैँ बाटो बनाएका छन् ।
सो बाटो मर्मत गर्नको लागि पटक पटक वडा नम्बर १ वडाध्यक्ष तेजिलाल यादव र वडा नम्बर २ का अध्यक्ष जैसी भिन्भारलाई आग्रह गरेपनी जनप्रतिनीधिले चासो नदेखाएपछि आफैँ बाटो बनाइदिएका हुन् ।

विद्यार्थी जनमत धनुषाका कोषाध्यक्ष समेत रहेका युवा नेता यादवले विद्यालयमा अनुगमन गर्न गएपछि सो विद्यालय अध्यनरत विद्यार्थीहरुले समस्या उठाएपछि बाटो मर्मत गराउनको लागि काम सुरु गरेको हो ।
उक्त बाटो मर्मतमा लाग्ने खर्च विद्यार्थी नेता यादवले तिर्ने भएका छन् । सो बाटो मर्मतको लागि अन्य व्यक्तिहले समेत सहयोग गर्ने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…