MCC को केही बुँदा संशोधन गरी मात्र पारित हुनुपर्छः मन्त्री महतो
वडा अधिवेशनले रामबाबु दासको अध्यक्षतामा १४५ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

२०७८ फागुन १५ आइतबार, बिहान ९:११ बजे१ मिनेट पढाइ
वडा अधिवेशनले रामबाबु दासको अध्यक्षतामा १४५ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

२०७८ फागुन १५ आइतबार, बिहान ९:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले एमसिसीको केही बुँदालाई संशोधन गरेर मात्र पारित हुनुपर्नेमा जोड दिएका छन ।
एमसिसीले देशको आर्थिक समृद्धि हुने देखिएपनि केही बुँदा विवादास्पद देखिएकाले संशोधन भएर मात्र संसदबाट पारित हुनुपर्नेमा उनको तर्क छ ।
मिथिला बिहारी नगरपालिका वडा नं. ५ को अधिवेशनलाई सम्वोधन गर्दै मंत्री महतोले एमसिसी पारितलाई लिएर पार्टीबीचमा मतभेद देखिएको अवस्थामा एससिसीको केही बुँदा संशोधन गरी करार सम्झौताद्धारा समेत लागु गर्नु दोस्रो विकल्पको रुपमा रहेको उल्लेख गरे ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता समेत रहेका मंत्री महतोले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पागलको संज्ञा समेत दिए । केपी शर्मा ओली प्रधानमंत्री भएको बेलामा २ पटक संसद बिघटन गर्नुको साथै पानी जहाज चलाउने, घरघरमा ग्यासको पाईप लाईनको व्यवस्था गर्ने लगायतको हावादारी कुरा गरेको उनले उल्लेख गरे ।
नेकपा एकीकृत समाजवादी पार्टी धनुषाका जिल्ला सदस्य समेत रहेका स्थानीय सुरेन्द्र प्रसाद साहको विशेष पहलमा आयोजित कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य सुधिर साह, प्रदेश सदस्य तथा मिथिला बिहारी नगरपालिकाकी उपप्रमुख अनिता साह, प्रदेश सदस्य प्रदिप मरबैता, जिल्ला उपाध्यक्ष शितल साह, जिल्ला सचिव राजकुमार यादव, जिल्ला सदस्यहरु चन्द्रकिशोर साह, बिष्णु प्रसाद यादव, श्रीप्रसाद यादव, गणेश यादव लगायत स्थानीय महेश रजक, अजय साह, सुशिल मण्डल, सुरेश मुखिया, सूर्यदेव दास लगायतको सहभागिता थियो ।
वडा अधिवेशनले रामबाबु दासको अध्यक्षतामा १४५ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
वडा कमिटीको उपाध्यक्षमा विश्राम सागर मण्डल, सचिवमा संजिव ठाकुर, सहसचिवमा लालबाबु मण्डल, कोषाध्यक्षमा आरती कुमारी मण्डल, सदस्यहरुमा नथुनी मण्डल, राजु मण्डल, अजित ठाकुर, रविन्द्र मण्डल लगायतलाई चयन गरिएको कार्यक्रममा अगुवा नेता सुरेन्द्र प्रसाद साहले जनाए । कार्यक्रमको अध्यक्षता रामबाबु दासले गरेको थिए भने संजय साहले कार्यक्रम संचालन गरेका थिए ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


प्रमुख समाचार

प्रमुख समाचार

प्रमुख समाचार

प्रमुख समाचार
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…