नेपालको चर्चित पहलवान देवा थापा जनकपुरमा पहलवानी लडदै
मेलामा भब्य झन्डाको स्थापना गरिएको बताउदै आयोजकले फागुन १० गते सम्म आयोजना हुने मेलामा सहभागिताका लागि अनुरोध गरेको छ ।

२०७८ फागुन ८ आइतबार, राति ९:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको चर्चित पहलवान मानिएको देवा थापा मधेश प्रदेशको राजधानीस्थित आयोजना गरिएको झण्डामा मेलामा सहभागी भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ वेंगा शिवपुरको ५२ बिघास्थित जनक दरबारमा आयोजना गरिएको भव्य झण्डा मेलामा देवा थापाहाले पहलवानी खेलेका छन् ।
शनिवार देखि सुरु भएको पहलमानीमा नेपालका चर्चित पहलमान देवा थापाको पहलमानी हेर्न आईतबार पनि हजारौंको भिड जम्मा भएको थियो ।
आइतवार समाजसेवी तथा नेकपा एमालेका बयोबृद्व नेता गंगाराम यादवले पहलमानीको समुदघाटन गरेका थिए ।
भारतको समेत दिग्गज पहलवानहरुको सहभागिता रहेको कुस्तीमा जनकपुरधामका दर्शकहरु नेपाली चर्चित पहलमान देवा थापाको समर्थनमा देखिएका थिए ।
मेला समिति संयोजक लक्ष्मेश्वर यादवका अनुसार पहलवानीमा नेपालका थापा वाहेक नरेश गिरी र राजा पहलमानका साथै तिनजना महिला पहलमानहरु छन भने चारतको दिल्लीका प्रवेज जलाद सिंह, बनारसको भुन्टी, अयोध्याको कल्लु बब्लर र बनारसकै नरेश बुमरी र तिनजना महिला पहलमान पनि सहभागि भएका छन् ।
झन्डा मेलामा नेपाल भारतको पहलमान सहभागि पहलमानी, झरी, सांस्कृतीक कार्यक्रमहरुको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
मेलामा भब्य झन्डाको स्थापना गरिएको बताउदै आयोजकले फागुन १० गते सम्म आयोजना हुने मेलामा सहभागिताका लागि अनुरोध गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…