जनकपुरः प्रादेशिक अस्पतालमा समयमा डाक्टर नआएपछि बच्चा जन्माएर एक महिलाको मृत्यू !
यद्यपी, अस्पतालका मेसु (प्रमुख) डा. प्रमोद यादवले कुनै पनि डाक्टरलाई कारवाही गर्दैनन् ।

२०७८ फागुन ७ शनिबार, बेलुकी ७:१९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गरिबहरुको लागि स्वास्थ्य आस्थाको केन्द्र मानिएको प्रादेशिक अस्पताल जनकपुरमा डाक्टरले समयमा हेरचाह नगर्दा एक सुत्केरी महिलाको मृत्यू भएको छ ।
मधेश स्वास्थ्य विज्ञापन प्रतिष्ठान अन्तर्गत नै सँचालनमा रहेको तथा मधेश सरकारले रेखदेख गर्दै आएको जनकपुधरामस्थित प्रादेशिक अस्पतालमा डाक्टर आफ्नो ड्यूटि समयमा नआउँदा एक सुत्केरीको ज्यान गएको हो ।
सामान्य तरिकाले प्रसुति भएकी धनुषाको मुखियापट्टि मुसरनिया गाउँपालिका वडा नम्बर ५ लवटोलीका ३० वर्षीया आरती यादवको मृत्यु भएको हो । अस्पतालका डाक्टरको लापरवाहीले गर्दा उनको ज्यान गएको परिवारजनले आरोप लगाएका छन् ।
प्रसव पिडा लागेकी यादवलाई फागुन गत ५ गते अस्पतालमा भर्ना गरिएको थियो । भर्ना पश्चात फानगु ६ गते राती ७ बजे बच्चालाई जन्म दिईन् । बच्चा जन्म भएको ९ घण्टा पश्चात उनको मृत्यु भएको मृतकका जेठाजु सिताराम यादवले बताए ।
सामान्य तरिकाले प्रसुति भएकी यादवको स्वास्थ्य अवस्था सम्बन्धमा डिउटीमा कर्मचारीहरुलाई पटक–पटक जानकारी गराएपनि कुनै चासो नलिएको सितारामको भनाई छ ।
अस्पतालको प्रसुति सेवामा रहेका चिकित्सक नै डिउटीको समयमा नबस्ने गरेको उनले बताए । मृत्यु पछि मात्र चिकित्सकहरु आएर घटना ढाकछोप गर्न आईसियूमा भर्ना गरेको मृतकका आफन्तले बताएका छन् ।
प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले अस्पतालका चिकित्सकले कुनै लापरवाही नगरेको दावी गरेका छन् ।
बर्षमा कैयौँ पटक यस्ता घटना हुँदा डाक्टरलाई बचाएर मातहतका कर्मचारीहरुलाई अघि सार्ने प्रवृतिले सरकारी डाक्टरहरु समयमा नआएर घरमा आराम गर्ने गर्छन् ।
गोप्य स्रोतको अनुसार, ड्युटीको बेला डाक्टरहरु आफ्नो घरमा सुत्न जान्छन भने कुनै सिरियस भए नर्सलाई फोन गर्न भनेर जाने गरेको बुझिएको छ । डाक्टर आफ्नो डयूटिको बेला समयमा अस्पतालमा उपलब्ध नहुँदा कैयौँ पटक यस्तो घटना दोहरिएको हो ।
यद्यपी, अस्पतालका मेसु (प्रमुख) डा. प्रमोद यादवले कुनै पनि डाक्टरलाई कारवाही गर्दैनन् । विभिन्न राजनीतिक दलको कोटामा नियुक्ती पाएका कर्मचारीहरु र डाक्टरहरुले बारम्बार यस्ता घटना गर्ने गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…