नेता अरगरियाको विशेष पहलमा ईनरबा बोर्डरदेखि कमला छर्की हुँदै यदुकूहासम्म पीच सडक बन्दै
व्यापारिक दृष्टिकोणले पनि यहाँका व्यापारी र आम नागरिकलाई समेत सहज हुनेछ ।

२०७८ फागुन ७ शनिबार, बेलुकी ६:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनीधिसभा सदस्य उमा शँकर अरगरियाको विशेष पहलले नेपाल भारतको सीमासँगै रहेको इनरबादेखि यदुकूहासम्म पीच सडक बन्ने भएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक समेत रहेका नेता अरगरियाको प्रयासपछि संघीय निर्वाचन विकास कार्यक्रम अन्तर्गत धनुषाको इनरबादेखि कमला नदीको छरकी (बाँध) हुँदै यदुकूहासम्म कालोपत्रे (पीच) सडक बन्ने भएको छ ।
नेपाल भारत सीमामै रहेको इनरबादेखि मलहनियाँ , फुलवरिया, बनरझुल्ला , सघारा, सघाराचौक, टरिया लक्कड, सखुवा मडान, नरहा र नाथपट्टी हुँदै यदूकुहा सडक खण्ड कालोपत्रे निर्माण हुने भएको छ ।
जसको लागि सडक डिभिजन कार्यालय जनकपुर, मुजेलियाले बोलपत्र आह्वान गरेको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर २ को पूर्वी बासिन्दाको लागि यो सडक बनेपछि कोशेढुँगा साबित हुने भएको छ ।

धनुषाको हुम्ला जुम्लाझैँ पिछडिएको क्षेत्र मानिएको जनकनन्दिनी गाउँपालिकाको वडा नम्बर १ इनरबा, मल्हनीयाँदेखि कमला नगरपालिकाको वडा नम्बर ५, ६ को सखुवा मडानभएर युदकूहासम्म शहिदपथमा सडक सँजाल जोडिएपछि आवतजावतको लागि पूर्ण सहज हुनेछ ।
कमला नदीको पश्चिमी तटको अवस्था दयनीय बनेको बेला नेता अरगरियाको यो योजनाले भारतसम्म जानको लागि निर्वाध यात्रा हुने अनुमान गरिएको छ । व्यापारिक दृष्टिकोणले पनि यहाँका व्यापारी र आम नागरिकलाई समेत सहज हुनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…