सरस्वतिको मूर्तिमा चप्पल प्रहारः मुसलमानलाई सहभागी गराएर हिन्दुहरुले निकाले भव्य कलशयात्रा
कलश शोभायात्रा ईशनाथ नगरको परिक्रमा गरेको छ ।

२०७८ फागुन २ सोमबार, राति ८:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको रौतहटमा सरस्वतिको मूर्ति बिसर्जनको बेला भएको दुई समुदायबीचको तनावपछि भव्य कशल यात्रा निकालिएको छ ।
सरस्वती पूजापछि मूर्ति सेलाउन जानेक्रममा गम्भीर तनाव सिर्जना हुनेगरी श्रद्धालुभक्तजन र देवप्रतिमामाथि ढुंगामुढा भएको रौतहटको एउटा गाउँ भएरै हिन्दुहरूको कलश शोभा यात्रा निस्केको छ ।
रौतहट ईशनाथ नगरपालिका वडा नम्बर ६ पल्टुवा गाउँमा बह्रम बाबाको मन्दिरको प्राण प्रतिष्ठा पुजाका लागि कन्याकुमारीद्वारा सोही नगरपालिकाको लक्ष्मीनियाँ गाउँ भएर सोमबार विशाल कलश शोभायात्रा निकालिएको हो ।
सरस्वती मूर्ति सेलाउन जाँदा लक्ष्मीनियाँ गाउँमा गत माघ २३ गते सडकका दुवैपट्टीबाट मुसलमान समुदायका बालबालिकासहित केही महिलाले श्रद्धालुहरू, प्रहरी र प्रतिमामाथि आक्रमण गरेका थिए । त्यसपछि सो क्षेत्र तनावग्रस्त बन्दै आएको थियो ।
हिन्दु र मुसलमान समुदायका अगुवाहरूले साम्प्रादायिक तनाव मत्थर पार्ने तथा धार्मिक सहिष्णुता कायम गर्ने उद्देश्यले ब्रह्मबाबा मन्दिर प्राणप्रतिष्ठा पूजाका लागि लक्ष्मीनियाँ गाउँको बीच बाटा भएर कलश शोभायात्रा निकाल्ने निर्णय गरेका थिए ।
कलश शोभायात्रा ईशनाथ नगरको परिक्रमा गरेको छ ।
हिन्दू धर्मावलम्बीले कुनै काम सुरु गर्नुअघि गाउँको सबैभन्दा पहिला ब्रहमबाबाको पूजा गर्नुपर्ने मान्यता रहँदै आएको छ ।
सरस्वती मूर्ति विसर्जन गर्ने दिन मुस्लिम समुदायका महिलाले लक्ष्मीनियाँ गाउँमा प्रहरी, प्रशासन, स्थानीय र प्रतिमामाथि गरेका चप्पल, जुता, ढुङ्गा, लाठी आदि प्रहारले सामाजिक तथा धार्मिक सद्भाव नै बिथोलिने अवस्था सिर्जना भएपछि पल्टु गाउँबाट लक्ष्मीनियाँ टोलसम्म दुवै समुदायको सहभागितामा कलश शोभायात्रा निकालिएको सञ्चारकर्मी अभिमन्यूकुमार पटेलले बताए ।
सरस्वति पूजाको भोलीपल्ट मूर्ति बिर्सजनको लागि जाँदै गर्दा मुस्लिम समुदायका केही महिला, बालबाकिलाहरुले मूर्तिमाथि चप्पल फालेको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि हिन्दुवादी संघसँस्थाहरु, मुस्लिम सँघसँस्थाहरुले सदभाव खोज्दै आएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…