मधेशसँग मेरो पुरानो नाता छः प्रचण्ड
प्रदेश सरकारले जनयुद्धको क्रममा मधेश प्रदेशबाट शहीद भएका तथा ज्यान गुमाएका परिवारजनलाई तीन÷तीन लाख दिने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो चरणमा आईतबार एक ÷एक लाखको दरले वितरण गरिएको छ ।

२०७८ फागुन २ सोमबार, बिहान ८:२३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशसँग आफ्नो पुरानो नाता र लगाव रहेको बताएका छन् ।
आईतबार जनयुद्ध दिवसको अवसरमा जनकपुरमा आयोजित जनयुद्ध दिवसको कार्यक्रममा बोल्दै प्रचण्डले मधेशसँग पुरानो नाता रहेको वक्तत्व दिए । उनले मधेश प्रदेश सरकारले जनयुद्धका शहीद परिवारजनलाई सम्मान गरेर राष्ट्रिय एकता सन्देश दिएको बताए ।
२७ औ जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश सरकारका मधेशी शहीद प्रतिष्ठानले आईतबार जनकपुरधाममा आयोजना गरेको जनयुद्धका शहीद परिवारजनलाई सम्मान तथा अनुदान वितरण कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेशसँग त्यतिकै लभ नपरेको बताउँदै पुरानो नाताको जीकिर गरे ।
“मधेश प्रदेशले जनयुद्धलाई आज सरकारी स्तरबाट सम्मान गरेर राष्ट्रिय एकताको सन्देश दिएको छ्, अब मधेश प्रदेशको अनुशरण संघीय सरकार मात्रै होईन बाँकी सबै प्रदेशका सरकारहरुले गर्नुपर्छ ।’– उनले भने ।
प्रदेश सरकारले जनयुद्धको क्रममा मधेश प्रदेशबाट शहीद भएका तथा ज्यान गुमाएका परिवारजनलाई तीन÷तीन लाख दिने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो चरणमा आईतबार एक ÷एक लाखको दरले वितरण गरिएको छ ।
अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले आपूmहरुले जनयुद्धको उद्देश्य अझै पूरा हुन नसकेको बताए । ‘हरेक क्रान्तिको विरुद्ध प्रतिक्रान्ति हुन्छ, त्यो अहिले जारी नै छ अध्यक्ष प्रचण्डले भने,‘ जनयुद्ध, जनआन्दोलन, मधेश जनविद्रोहबाट प्राप्त उपलब्धि विरुद्ध एक देशिविदेशी केही तत्व अझै लागेको छ । तर पनि हामी निराश भएका छैनौ । खेल अझै बाँकी नै छ ।’
प्रतिक्रियावादी शक्तिहरु कांग्रेस, माओवादी, नेकपा एस, जसपासहितका गठबन्धन सुरुदेखि नै लागेको अध्यक्ष प्रचण्डको भनाई छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तर्फ संकेत गर्दै अध्यक्ष प्रचण्डले भने,‘ केही व्यक्ति संविधानमै नभएको व्यवस्थालाई टेकेर संसदलाई बिघटन गर्ने काम गरियो । तर हामी जनयुद्धका नेता, जनआन्दोलनका नेता र मधेश विद्रोहका नेता जिउँदै भएकोले त्यस विरुद्ध संगठित भएर उनलाई सत्ताबाट हटाई लोकतन्त्रको रक्षा गर्ने काम गरियो ।’
जनयुद्धका क्रममा मधेशले आफूलाई धेरै सहयोग गरेको बताउँदै उनले भने,‘ जनयुद्धकै क्रममा मधेशकै जिल्लाहरुमा हतियार बनाउने काम सिके, यहाँका वुद्धिजिवीहरुले जनयुद्धमा धेरै नै सहयोग गरे । जब निराश हुन्थे शक्ति आर्जनका लागि मधेशका जिल्लाहरुमा आउँथे कि त पहाडका गरिब वस्तीमा जान्थे । त्यसकारण मधेशसँग मेरो पुरानै लगाव र नाता छ ।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…