जनकनन्दिनी गाउँपालिकामा दाईजो प्रथा विरुद्ध सडक नाटक प्रदर्शन
तराई मधेशको जिल्लाहरुमा दाईजो बिना विवाह नै नहुने, विहे रोकिने, हत्या हुने लगायतका घटनालाई दर्साउँदै अरुको धन लिएर अर्थात दाईजो लिएर कोही पनि धनी नहुने रहेछ भन्ने सार दिएको थियो । बिना दाईजो विवाह गर्दा आपसी सदभाव सदैव कायम रहने भावहरु दर्साएको थियो ।

२०७८ माघ २९ शनिबार, राति ९:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकामा मधेशमा जडो गाडेको दाईजो प्रथा विरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।
जनकनन्दिनी गाउँपालिकाको विभिन्न स्थानमा मधेशका चर्चित कलाकारहरुद्धारा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको हो ।
जनकनन्दिनी गाउँपालिकाको आयोजना तथा आर्थिक सहयोग एवम् त्रिनेत्र ट्रेन्र्स प्रा.लि.को समन्वयमा जनकनन्दिनी गाउँपालिकाको १ देखि ६ वडामा नाटक प्रदर्शन गरिएको हो ।
नाटक प्रदर्शनको माध्यमबाट आम नागरिकमा जनचेतना फैलाउने उदेश्यले शुक्रबार जनकनन्दिनी गाउँपालिकाको वडा नम्बर १ को मलहनियाँ, वडा नम्बर २ को शिवमन्दिर बल्हा, वडा नम्बर ३ को लवटोली गाउँ, वडा नम्बर ४ को खजुरी बजार, वडा नम्बर ५ को उदहा समुदायिक फिल्ड र वडा नम्बर ६ को शिवमन्दिर कठालस्थित दाईजो प्रथा विरुद्ध सडक नाटक प्रदर्शन गरिएको हो ।

नाटकमा मिथिला मधेशको चर्चित, नाम चलेका र छिमेकी मुलुक भारतसम्म समेत रुचाइएका मैथिली सिनेकर्मी बि.एन. पटेल, रिना यादव सहित ज्योति झा, दिनेश साह, भाग्यचरण यादव, बीरेन्द्र साह लगायतले अभिनय देखाएका थिए ।
सडक नाटक हेर्नको लागि विभिन्न टोलका स्थानीय युवा, महिला, पुरुषवर्गहरुसँग बीच बीचमा फोरम समेत गरिएको थियो । दाईजो प्रथा विरुद्ध लडनको लागि समाजको भूमिकामाथि विशेष केन्द्रीत गरिएको थियो ।
तराई मधेशको जिल्लाहरुमा दाईजो बिना विवाह नै नहुने, विहे रोकिने, हत्या हुने लगायतका घटनालाई दर्साउँदै अरुको धन लिएर अर्थात दाईजो लिएर कोही पनि धनी नहुने रहेछ भन्ने सार दिएको थियो । बिना दाईजो विवाह गर्दा आपसी सदभाव सदैव कायम रहने भावहरु दर्साएको थियो ।

वर्तमान समयमा दाईजो लिएर मात्र विवाह हुने, केटी पक्षले जसरी पनि दाईजो दिनैपर्ने, छोरी बोझ बन्ने जस्ता घटनालाई साकारात्मक तवरले प्रदर्शन गरिएको थियो । नाटकको क्रममा दर्शकहरुले कलाकारहरु सहित जनकनन्दिनी गाउँपालिकालाई समेत धन्यवाद ज्ञापन गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…