मोसा चोरी गरेर भाग्दै गर्दा तीन चोर पक्राउ
त्यस्तै मंगलवार दिउँसो वीरगञ्ज महानगरपालिका–३ ठाकुर राम क्याम्पस पछाडिको गल्लीबाट अनिल कुमार चापागाँईको नाममा दर्ता रहेको ना ४४ प ८२७५ नम्बरको मोटरसाइकल पार्किङ गरी राखेकोमा यादवले लक तोडी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

२०७८ माघ २७ बिहीबार, बिहान ८:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगञ्ज । पर्सा प्रहरीले मोटरसाइकल चोरी गर्दै गरेर भाग्ने क्रममा तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ का रंजीत सहनी, १९ वर्षीय सभन पाठक र पर्साको विन्दवासिनी गाउँपालिका–२ का २८ वर्षीय राजनाथ यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सहनी र पाठकले बुधबार बिहान पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगवाका बिनोद प्रसाद सहनीको नाममा दर्ता रहेको ना १६ प २९७४ नम्बरको मोटरसाइकल आफ्नै घरको आँगनमा पार्किङ गरी राखेकोमा गेट तोडी बाटोमा ल्याई लक तोड्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै मंगलवार दिउँसो वीरगञ्ज महानगरपालिका–३ ठाकुर राम क्याम्पस पछाडिको गल्लीबाट अनिल कुमार चापागाँईको नाममा दर्ता रहेको ना ४४ प ८२७५ नम्बरको मोटरसाइकल पार्किङ गरी राखेकोमा यादवले लक तोडी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…