शहिदनगरको यदुकूहामा स्वर्गद्धारी निर्माण हुँदै
स्थानीय समाजसेवी श्याम चौधरीले आफनो जमिन उपलब्ध गराएपछि यदुकूहामा स्वर्गद्धारी निर्माण हुन लागेको मेयर बरबरियाले थपे ।

२०७८ माघ २६ बुधबार, राति ८:१६ बजे१ मिनेट पढाइ

न्युज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाले जनकपुरधाम जस्तै स्वर्गद्धारी निर्माण कार्य सुरु गरेको छ ।
शहिदनगर नगरपालिकाको वडा नम्बर ३ यदुकूहास्थित स्वर्गद्धारी (शमसानघाट) निर्माण हुन लागेको हो । नगरपालिकाको आर्थिक सहयोगमा नगरवासीको सुविधाको लागि स्वर्गद्धारी निर्माण गर्न लागिएको हो ।
शहिदनगर नगरपालिकाको यदुकूहा र ताराटोलकोबीचमा सो स्वर्गद्धारी निर्माण गर्न लागिएको नगर प्रमुख उदय कुमार बरबरिया(यादव) ले जानकारी दिए ।
बुधबार नगर प्रमुख बरबरिया र वडा नम्बर ३ का वडाध्यक्ष नागेन्द्र प्रसाद मण्डलले सँयुक्त रुपमा शमसानघाटको शिलान्यास गरेका हुन् । नगरस्तीय बजेटबाट ५ लाखबाट सुरु हुने सो शमसानघाटलाई थप बजेट दिँदै जनकपुरधामकै स्वर्गद्धारी अवधारणामा निर्माण हुने बताइएको छ ।
स्थानीय समाजसेवी श्याम चौधरीले आफनो जमिन उपलब्ध गराएपछि यदुकूहामा स्वर्गद्धारी निर्माण हुन लागेको मेयर बरबरियाले थपे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…