मधेश प्रदेशः सरस्वतिको मूर्तिमाथि मुस्लिमहरुले गरे चप्पल प्रहार (भिडियो सहित)
सोही क्रममा एक हिन्दु समुदायकी महिलालाई टाउको फुटाएको छ ।

२०७८ माघ २५ मंगलबार, बिहान ८:०५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । मधेश प्रदेशको रौतहट जिल्लास्थित केही मुस्लिम महिलाहरुले हिन्दुहरुको अराध्यदेवी सरस्वतिको मूर्तिमाथि चप्पल प्रहार गरेको भिडियोहरु बाहिर आएको छ ।
रौतहट जिल्लाको ईश्नाथ नगरपालिका वडा नम्बर ५ लक्ष्मीपुरस्थित सरस्वतिको मूर्ति सेलाउन जाँदा केही मुस्लिम महिलाहरुले मूर्तिमाथि चप्पल प्रहार गरेको हो ।
सोमबार साँझ करिब ४ बजेको समयमा सरस्वति पूजा पश्चात मूर्ति सेलाउन जाँदा त्यहाँ रहेको मुस्लिम समुदायले मूर्ति सेलाउन नदिन अवरोध खडा गर्दै चप्पल समेत फालेको भिडियोमा देखिएको छ ।
त्यहाँस्थित रहेको मुस्लिम समुदायहरुको मदरसाको अगाडीबाट मूर्ति सेलाउन लगेको भन्दै मुस्लिम समुदायका पुरुषहरुले महिलाहरुलाई अगाडी सारेर ढुँगामुढा सहित चप्पल प्रहार गरेको हो ।
सरस्वति पूजाभन्दा एकदिन अगावै रौतहट प्रशासन, स्थानीय मुस्लिम समुदाय, हिन्दु समुदाय सहित सर्वपक्षीय बैठक बसेर मूर्ति सेलाउन जाँदा बाजागाजा नबजाउने भनेर सहमति भएको थियो ।

हिन्दु समुदायका पूजाकर्मीहरुले सरस्वतिको मूर्ति सेलाउन जाँदा बाजागाजा नबजाएपनि मुस्लिम समुदायका व्यक्तिहरुले सो बाटोमा ढुँगामुढा राखेर बाटो अवरोध गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विनोद घिमिरेले बताए ।
सर्वपक्षिय बैठकबाट कुनै प्रकारको अवरोध नगर्ने सहमति भएपनि मुस्लिम समुदायका महिलाहरुलाई अगाडी सारेर हिन्दु समुदायको मूर्ति लस्करलाई अवरोध पारेपछि मोटो सँख्यामा सुरक्षाकर्मी परिचालन गरी स्थिति नियन्त्रणमा लिएको बताए ।
मूर्ति बिर्सजन गर्ना जाँदा बाटोमा मदरसा पर्ने गरेको छ । पूजामा जतिसुकै बाजागाजा बजाएपनि मूर्ति बिसर्जनको बेला शान्तीपूर्वक सो बाटो भएर गए कुनै प्रकारको अवरोध नहुने सहमति सर्वपक्षीय बैठकबाट भएपनि मुस्लिम समुदायहरुले हिन्दु देवी उपर चप्पल प्रहार गरेको हो ।
सोही क्रममा एक हिन्दु समुदायकी महिलालाई टाउको फुटाएको छ । मुस्लिम महिलाहरुले प्रहार गरेको ढुँगा लागेर स्थानीय एक महिला घाईते भएकी हुन् ।
स्थानीय प्रहरीचौकीमा सिडिओ, एसपी, डिएसपी, स्थानीय राजनीतिक दलका प्रतिनीधिहरु सम्मलित सर्वपक्षीय बैठकबाट गरिएको सहमति र निर्णयलाई नमान्दै मुस्लिमहरुले विगत कैयौँ बर्षदेखि हिन्दु समुदायको पूजापाठमा अवरोध पुरयाउँदै आएको छ ।
मूर्ति बिर्सजनको बेला मुसलमानहरुले गरेको व्यवहारको समाजिक सँजालमा पनि समेत चौतर्फी आलोचना भएको छ । सर्वपक्षीय सहमतिलाई उलंघन गरी उनीहरुले सम्प्रादायिक सोंच प्रदर्शन गरेको टिप्पणी गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…