धनुषाको पौडेश्वरमा सरस्वति मन्दिरसहित नयाँ भवन र चौतारा निर्माण
विद्यालयको उत्तर तर्फको भवन निर्माणको लागि गाउँपालिकाले ३२ लाख तथा विद्यालयले १४ लाख गरी कुल ४६ लाखको लगानीमा निर्माण गरिएको हो । यस्तै, विद्यालय प्राँगनमा रहेको सरस्वति मन्दिर, गेट र चौतारको लागि गाउँपालिकाको आर्थिक सहयोग तथा विद्यालय व्यवस्थापन समितिको समन्वयमा ३५ लाख लागतमा निर्माण गरिएको हो ।

२०७८ माघ २३ आइतबार, बिहान ८:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको पौडेश्वरस्थित विद्यालयमा सरस्वति मन्दिर, मन्दिरको गेट तथा चौतारा निर्माण गरिएको छ ।
सरस्वति पूजाको अवसर पारेर धनुषाको औरही गाउँपालिका वडा नम्बर १ पौडेश्वरस्थित रहेको सर्वोदय माध्यमिक विद्यालयको सरस्वति मन्दिर, मन्दिरको गेट तथा विद्यालय प्राँगनमा रहेको चौताराको उदघाटन गरिएको छ ।
गाउँपालिका अध्यक्ष ब्रहमदेव यादव तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परमेश्वर साहको विशिष्ट आतिथ्यमा सरस्वति मन्दिरको उदघाटन गरिएको हो ।

विद्यालयको उत्तर तर्फको भवन निर्माणको लागि गाउँपालिकाले ३२ लाख तथा विद्यालयले १४ लाख गरी कुल ४६ लाखको लगानीमा निर्माण गरिएको हो । यस्तै, विद्यालय प्राँगनमा रहेको सरस्वति मन्दिर, गेट र चौतारको लागि गाउँपालिकाको आर्थिक सहयोग तथा विद्यालय व्यवस्थापन समितिको समन्वयमा ३५ लाख लागतमा निर्माण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परमेश्वर साहले विद्यालयको भवन निर्माण, मन्दिर निर्माण र चौतारा निर्माणको लागि प्रत्यक्ष पहल गरेपछि सम्भव भएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…