प्रसारण लाइनमा समस्या आएपछि दुईदिनदेखि पूर्वी धनुषामा विद्युत अवरुद्ध
शुक्रबार ९ बजेदेखि अवरुद्ध भएको विद्युत अहिलेसम्म समेत आउन सकेको छैनन् ।

२०७८ माघ २२ शनिबार, बेलुकी ५:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गत विहिबार राती आएको भिषण हावाहुरीको कारण पूर्वी धनुषाको विद्युत प्रसारण लाईन दुई दिनदेखि अवरुद्ध भएको छ ।
यदुकूहा वितरण केन्द्रबाट प्रसारण हुने विद्युत लाईन गत विहिबार रातीदेखि नै अवरुद्ध रहेको छ । शुक्रबार साँझ ७ बजेदेखि ९ बजेसम्म दुई घण्टा विद्युत प्रसारण भएपनि पुनः निरन्तर अवरुद्ध भएको छ ।
शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहास्थित रहेको वितरण शाखा यदुकूहाको मुख्य ट्रान्सफरमा समस्या आएपछि दुई दिनदेखि नै विद्युत सेवा अवरुद्ध भएको वितरण केन्द्रले जनाएको छ ।
विहिबार राती आएको भिषण हावाहुरीपछि जनकपुरधाम–यदुकूहाको ३३ केभिए लाईन अवरुद्ध भएको सोही दिन मर्मत कार्य गरिएको थियो । विहानैदेखि गरेको मर्मत शुक्रबार साँझ ७ बजे मात्र मर्मत कार्य भएपछि दुई घण्टा विद्युत प्रसारण भएको थियो ।
शुक्रबार ९ बजेदेखि अवरुद्ध भएको विद्युत अहिलेसम्म समेत आउन सकेको छैनन् । ट्रान्सफरमा आएको खराबीको कारण यदुकूहा, सराबे, बालगँगा, माचि झिटकैया, लगमा, सघारा, खजुरी, जनकपुरधामको पुलचोक एरियामा दुई दिनदेखि नै विद्युत अवरुद्ध रहेको छ ।
सरस्वति पूजाकै मुखमा विद्युत अवरुद्ध भएको पूर्वी धनुषाको जनजीवन प्रभावित भएको छ । विद्युतबाट सँचालन हुने काम काजहरु दुई दिनदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ ।
यसको साथै, सो क्षेत्रमा मोबाईल नेटवर्क समेत अवरुद्ध भएको छ । एनसेलमा नेटवर्क भएपनि एनटिसीमा भने नेटवर्क अवरुद्ध हुँदा यहाँका जनजीवन प्रभावित बनेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…