जनकपुरः हावाहुरीमा रुख ढल्दा दुई विद्यार्थीको च्यापिएर घटनास्थलमै मृत्यू
शुक्रबार बेलुकी करिब ७ बजे मात्र विद्युत आएपनि आउने जाने क्रम जारी रहेको छ । दिनभरि नै बिजुली नहुँदा जनजीवन प्रभावित बनेको थियो ।

२०७८ माघ २१ शुक्रबार, राति ८:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको बरकुर्बामा रुख ढल्दा दुई बालबालिकाको मृत्यू भएको छ ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ बरकुर्वा स्थित रहेको फकिरचन्द उच्च माविको प्रांगणमा रहेको रूख ढल्दा दुई विद्यार्थीको मृत्यू भएको हो ।
रुख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार, ‘हावाहुरीले अचानक मसालाको रुख ढल्दा दुबै जनाको टाउकोमा चोट लागि घटनास्थलमै मृत्यु भएको हो ।
बिहीबार रातिदेखि चलेको हावाहुरीले रुख ढल्दा च्यापिएर दुवै जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
हावाहुरीले रातीदेखि नै अवरुद्ध रहेको बिजुली सुचारु
हावाहुरीको कारण गएराती देखि नै अवरुद्ध रहेको विद्युत सूचारु भएको छ । यदुकूहा फिडरमा गएराती देखि नै विजुली गायब भएकोमा साँझ मात्र बिजुली आएको हो ।
जनकपुर यदुकूहा फिडरमा तार चुँडिदा अवरुद्ध रहेको बिजुली शुक्रबार बेलुकी मात्र आएको हो । यदुकूहामा दिनभरि लाईन भएपनि त्यहाँबाट वितरण भएको विभिन्न गाउँमा भने विजुली प्रसारण हुन सकेको थिएनन् ।
शुक्रबार बेलुकी करिब ७ बजे मात्र विद्युत आएपनि आउने जाने क्रम जारी रहेको छ । दिनभरि नै बिजुली नहुँदा जनजीवन प्रभावित बनेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…