कमला नगरपालिकामा तीन महिनादेखि मेयर नआएपछि कठिनाई भएको नागरिकको गुनासो
नगरको अभिभावक भनिएको नगर प्रमुख नै कार्यालय नआउँदा दैनिक कार्य सँचालनमा समेत कठिनाई भएको कर्मचारीहरु बताउँछन् । उनीहरुले विगत ३ महिनादेखि नै नगरपालिका नआउँदा थप कार्यहरु वा योजनाहरु समेत ठप्प भएको छ ।

२०७८ माघ २० बिहीबार, राति ८:२३ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाका मेयर राम उदगार गोईत नियमित नहुँदा आम नागरिकलाई कठिनाई भएको नागरिकहरुले गुनासो गर्न थालेका छन् ।
उपभोक्ता समितिहरुले लगाएको ताला खुलिसकेपछि पनि मेयर गोईत नगरपालिकामा नियमित हुन नसक्दा आम नागरिकलाई आकस्मिक कार्यहरुको लागि कठिनाई भएको गुनासो गरिएको छ ।
मँसिर महिनादेखि नै मेयर गोईत नगरपालिकाको कार्यालयमा उपस्थित नहुँदा नगर प्रमुखबाट हुनुपर्ने कार्यहरुमा बाधा अवरोध सृजना भएको व्यापक गुनासो गर्न थालिएको छ ।
नगर प्रमुख गोईत विगत ३ महिनादेखि नै नगरपालिकामा नआउँदा विकास निर्माणको कार्यहरु समेत जकथक परेको स्थानीय नरेश यादवले बताए । उनका अनुसार, नगर प्रमुख नै नगरपालिकामा नहुँदा कुनै पनि योजनाहरुमा कार्य हुन नसक्दा नगरपालिका अनिर्णयको बन्दी बनेको बताए ।
कार्तिक पूर्णिमापछि विद्यार्थीहरुले तालाबन्दी गर्दा बीचमा एक साता कार्यालय खुलेपनि त्यसपछि निरन्तर तालाबन्दी हुँदा जनप्रतिनीधिसहित कर्मचारीहरु समेत नआउँदा दुःख भोगेका नागरिकहरुले अहिले कार्यालय खुलेपनि मेयर नआउँदा नगरपालिका नै नगरविहिन भएको महसुस भएको सुनाएका छन् ।
आगामी बर्षको जेठको पहिलो सातामै स्थानीय तहको निर्वाचन मिति लगभग तय भएको छ । करिब तीन महिनाअघि नै जनप्रतिनीधिहरु प्रभावहिन हुने प्रावधान रहेको बेला पनि मेयर गोईत नगरपालिका नआउँदा आम नागरिक समस्यामा परेका छन् ।
मेयर र केही वडाध्यक्षहरुबीचको आन्तरिक किचलोको कारण मेयर नगरपालिका नआएको गुनासो गरिएको छ । जनप्रतिनीधिहरुबीचको आन्तरिक द्धन्द्धको कारण नगरपालिकालाई नै अनिर्णयको बन्दी बनाएको आरोप स्थानीयहरुले लगाएका छन् ।
नगरको अभिभावक भनिएको नगर प्रमुख नै कार्यालय नआउँदा दैनिक कार्य सँचालनमा समेत कठिनाई भएको कर्मचारीहरु बताउँछन् । उनीहरुले विगत ३ महिनादेखि नै नगरपालिका नआउँदा थप कार्यहरु वा योजनाहरु समेत ठप्प भएको छ ।
यता, नगर प्रमुख गोईतले काम विशेषले बाहिर रहेको प्रतिक्रिया दिएका छन् । उनले यस साताकै शुक्रबारसम्म नगरपालिकामा उपस्थित हुने बताएका छन् । शुक्रबार आउन नसकिएपनि आईतबारसम्म नगरपालिकामा उपस्थिति जनाई कार्य योजनाहरुलाई सहज पार्ने बताए ।
नगर प्रमुख गोईत कार्यालयमा नियमित नहुँदा समाजिक सँजालमा पनि उनी उपर दोषारोपण गरिएको छ । राजनीतिक द्धन्द्धमा आम नागरिक पिसिल्एको गुनासो गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…