जानकी मन्दिर र मडवामा TikTok बनाउनेलाई मोबाईल जफ्त गर्न प्रशासनसँग माग
उनले ठिक तरिकाले प्रशासनले कारवाही नगरे युवाहरुले नै कारवाहीको लागि अग्रसर हुने चेतावनी प्रशासनलाई दिएको छ ।

२०७८ माघ १९ बुधबार, बिहान ९:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्वप्रसिद्ध जनकपुरधामको जानकी मन्दिर परिसर र मडवाभित्र टिकटक भिडियो बनाउनेको मोबाईल जफ्त गर्न प्रशासनसँग माग गरिएको छ ।
जानकी मन्दिरको गर्भगृहमा मोबाईल, क्यामेरा निषेध गरिएपनि केही किशोर किशोरीहरुले मन्दिर व्यवस्थापन समितिको लापरवाहीको कारण भित्र गर्भगृहसम्म पुगेर टिकटक बनाएको भिडियोहरु बाहिरीएपछि प्रशासनसँग मोबाईल जफ्त गर्नुपर्ने माग गरिएको छ ।
युवा अगुवा गणेश साहले निरन्तर यसप्रति चासो राख्दै मँगलबार पुनः जिल्ला प्रशासन कार्यालय धनुषामा मोबाइल जफतको लागि निवेदन दर्ता गराएका छन् । केही महिना प्रहरीले समेत कडाई गरेपनि अहिले पुन लापरवाह भएपछि टिकटकरहरुको बिगबिगी बढेको छ ।
जानकी मन्दिर क्षेत्र परिसर र मडवामा मोबाईल क्यामेरा बैन गरिएपनि केही रुपैयाँको लालचमा ठेकेदारले मोबाईल क्यामेरा निर्वाध रुपमा भित्र छिर्न दिएपछि टिकटकहरुले अशोभनीय खाले टिकटक भिडियो बनाउन थालेपछि प्रशासनसँग गुहार गरिएको छ ।
जानकी मन्दिरको गर्भगृह, भित्री परिसर र विवाहमण्डपको भित्री परिसरमा पूर्णतः मोबाईल, क्यामेरा प्रतिबन्धमाथि झन कडाई गर्न माग गरिएको छ ।
यसका साथै, युवा अगुवा साहले धर्म धरोहरको रक्षाको लागि यसपाली प्रशसनले कदम नचाले कानुन हातमा लिने चेतावनी पनि दिएको छ । उनले ठिक तरिकाले प्रशासनले कारवाही नगरे युवाहरुले नै कारवाहीको लागि अग्रसर हुने चेतावनी प्रशासनलाई दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…