रेल्वे कार्यालयमा लगाएको ताला प्रहरीले फुटायो, भोली फेरी ताला लगाउने चेतावनी
पुराना कर्मचारी गोइतले आफूहरूले कार्यालयमा लगाएको ताला सुरक्षाकर्मीबाट तोड्न लगाएको र शान्तिपूर्ण रूपमा धर्ना समेत बस्न नदिएको गुनासो गरे ।

२०७८ माघ १७ सोमबार, राति ८:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेल्वेको जनकपुरधामस्थित कार्यालयमा पूर्वकर्मचारीहरूले लगाएको ताला प्रहरीले फुटाएपछि कर्मचारीहरु झन आक्रोसित भएका छन् ।
कुनै प्रक्रिया पूरा नगरी गुपचुप कर्मचारी भर्ना गरेकालाई हटाउनुपर्ने माग राखेर पूर्वकर्मचारीहरूले माघ १३ मा रेल्वे कार्यालयमा तालाबन्दी गरेर धर्ना बस्दै आएकोमा सोमबार बिहान मोटो सुरक्षाकर्मी परिचालन गरी ताला फुटाएको आरोप कर्मचारीहरुको छ ।
तालाबन्दीका कारण पाँच दिनदेखि कार्यालयको कामकाज ठप्प थियो । रेल्वेका महाप्रबन्धक निरञ्जन झाले प्रहरीबाट कार्यालयको ताला तोड्न लगाएपछि आन्दोलित पूर्वकर्मचारीहरूले प्रशासनविरूद्ध प्रदर्शन गरेका छन् ।
यता, महाप्रबन्धक निरन्जन झा विरुद्ध प्रदर्शन सहित भोलीदेखि कडा रुपमा प्रस्तुत हुने पुरानो कर्मचारी ईन्द्रजीत गोईतले जानकारी दिए । उनले भने, “अब हामी सशक्त भएर आन्दोलनमा लाग्नेछौँ”
तत्कालीन रेल्वेका महाप्रबन्धक गुरु भट्टराईले ज्यालादारीमा नियुक्त गरेका कर्मचारीलाई हटाएर प्रक्रियाबिनै ६० जना नयाँ कर्मचारी नियुक्त गरेपछि महाप्रबन्धक झा विवादमा तानिएका छन् ।
राज्यले लगानी गरेर तालिमप्राप्त आफूहरूलाई हटाएको र घुस खाएर कर्मचारी नियुक्त गरेको भन्दै झालाई हटाउन आन्दोलनकारीको माग छ ।
पुराना कर्मचारी गोइतले आफूहरूले कार्यालयमा लगाएको ताला सुरक्षाकर्मीबाट तोड्न लगाएको र शान्तिपूर्ण रूपमा धर्ना समेत बस्न नदिएको गुनासो गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…