यातायात कार्यालय लहानका नामुद 'दलाल सुमित' ले दिए न्यूजब्यूरोकर्मी साहलाई धम्की
डिएसपी सुभाष बुढाथोकीले फोन मार्फत धम्की दिने व्यक्तिलाई कानुनी दायरामा ल्याउने प्रतिवद्धता जाहेर गरे ।

२०७८ माघ १७ सोमबार, बेलुकी ७:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । यातायात कार्यालय सिरहा लहानका नामुद दलाल मानिने सुमित चन्द्रदेव नामक दलालले न्यूज ब्यूरो सिरहाका संवाददाता विजय कुमार साहलाई धम्की दिएका छन् ।
यातायात कार्यालयको बारेमा न्यूज ब्यूरोको फेसबुक पेजमा एक सर्वसाधारणले दलालको बारेमा भनेको भिडियो हालेपछि उनलाई अश्लिल गाली गर्दै धम्की दिएका छन् ।
सँचारकर्मी साहलाई यातायात कार्यालयको बाहिर बस्ने दलाल सुमित चन्द्रदेवले फोन गरी पत्रकारहरुप्रति अश्लिल गाली प्रयोग गर्दै उनलाई धम्की दिएका हुन् ।
सँचारकर्मी साहलाई सोमबार दिउँसो ५ः३० बजेको समयमा ९८१७७६९८७५ नम्बरले फोन गरी धाक धम्की दिएको हो । साहलाई फेसबुकमा भिडियो हालेको, भिडियो खिचेको भन्दै धम्की दिएका हुन् ।
यातायात कार्यालय लहानको नालीबेलीको बारेमा भिडियो हालिएपछि दलालहरुलाई उक्साए यातायातकै कर्मचारीहरुले धाकधम्की दिन लगाएको बुझिएको छ । सुमित चन्द्रदेव भन्ने यातायात कार्यालय लहानको नामुद दलाल हुन् ।
यातायात कार्यालय बाहिर पसलमा बसेर सेटिँग मिलाउने दलालहरुको समूहको पर्दाफास भएपछि आत्तिएका दलालहरुले फोन मार्फत धम्की दिएका हुन् । सँचारकर्मी साहलाई फेसबुकमा भिडियो हालेको भन्दै कुट्ने धम्की दिएका हुन् ।
सुमित दलालले साहलाई फोन मार्फत “सबभन्दा बढी पत्रकारहरु मा...द हुन्छन् , पत्रकारहरु मा.....द हुन्छन्” भनेर अश्लिल गाली दिएका हुन् । उनले पत्रकारहरुले केही पनि गर्न नसक्ने भनेर थर्काएका समेत छन् ।
यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवम् डिएसपी सुभाष बुढाथोकीले फोन मार्फत धम्की दिने व्यक्तिलाई कानुनी दायरामा ल्याउने प्रतिवद्धता जाहेर गरे ।
(अडियो रेकर्ड सुरक्षित छ |)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…