तरुण दलका युवा नेता मण्डलको पहलमा बिपन्न परिवारलाई HeSRA को न्यानो कम्बल
अति बिपन्न परिवारले जाडोमा कमल पाउदा धेरै नै खुशी र आयोजकहरुलाई धन्यवाद पनि दिएका थिए ।

२०७८ माघ १६ आइतबार, राति ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । जाडोबाट प्रभावित विपन्न परिवारहरुलाई नेपाल तरुण दल सिरहाका युवा नेता अरबिन्द मण्डलको पहलमा न्यानो राहत वितरण गरिएको छ ।
सिरहाको नरहा गाउँपालिका वडा नम्बर २ को ३० जना दलित समुदाय लगायत विभिन्न परिवारलाइ आईतबार समाजिक सँस्था HeSRA नेपालको सहयोगमा न्यानो सिरक वितरण गरिएको हो ।
HeSRA नेपालका प्रमुख र नेपाल तरुण दल जिल्ला सदस्य अरबिन्द मण्डलको पहलमा न्यानो सिरक वितरण गरिएको हो ।

नेपाल तरुणदल सिरहा जिल्लाका सदस्य समेत रहेका युवा नेता अरबिन्द मण्डलको विशेष पहलमा सो सिरक वितरण गरेका हुन ।
अति बिपन्न परिवारले जाडोमा कमल पाउदा धेरै नै खुशी र आयोजकहरुलाई धन्यवाद पनि दिएका थिए ।
“चुनावमा धेरै नेताकार्यकर्ताहरुले आशा र भरोसा देखाएका थिए तर कोहि आएनन् सबै भोटको बेलामात्र आउछ्न आब हामी दलित र बिपन्न परिवाले ती नेताकार्यकर्ता लाई आउदो चुनाबमा हामीले लखेटेर भगाउने छौं”– कम्बल ग्रहण गर्दै वृद्धवृद्धाहरुले भने ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…